साप्ताहिक संवाददाता
कार्तिक ३०, २०७६
बेलायतमा गरिएको एक अनुसन्धान अनुसार शरीरमा स्तन क्यान्सर हुनुभन्दा पाँच वर्ष पहिले नै यसको पहिचान गर्न सकिने छ । यसबाट विशेष गरी स्तन क्यान्सरबाट पीडित हुने महिलाहरूलाई राहत मिल्नेछ । अनुसन्धानकर्ताहरूले स्तन क्यान्सरको उपचार गराइरहेका ९० जना र पूरै स्वस्थ ९० जना महिलाको रगतको नमुना संकलन गरेका थिए ।
त्यसैगरी उनीहरूले अब ८ सय बिरामीको नमुनासमेत ल्याएर पहिले गरिएको परीक्षणलाई प्रमाणित गर्ने तयारी गरिरहेका छन् । नटिंघम विश्वविद्यालयका विद्यार्थीहरूले यसबाट विशेष गरी विकासोन्मुख तथा गरिव देशका महिलाहरूलाई विशेष फाइदा हुने कुरा बताएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष करिब २१ लाख महिला स्तन क्यान्सरको सिकार हुन्छन् । गत वर्ष स्तन क्यान्सरका कारण विश्वभर ६ लाख २७ हजार महिलाको मृत्यु भएको थियो ।