साप्ताहिक संवाददाता
अभिनेता अनमोल केसीले चलचित्र ‘ए मेरो हजुर ४’ मा काम गर्ने पक्का भएको छ । आज शनिवार निर्माता सुनील कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले अनमोललाई साइन गराए ।
पारिश्रमिकको विषयमा केहि नखुलाइएपनि अनमोलले साइन गरेको तस्विर साप्ताहिकलाई प्राप्त भएको छ । यो चलचित्रमा सुनील–झरनाकी सुपुत्री सुहानाले अनमोलको अपोजिटमा काम गर्ने छिन् । यसअघि ‘ए मेरो हजुर ३’ मा पनि यो जोडीले काम गरेको थियो ।
वक्स अफिसमा कमालको व्यापार गरेसँगै ‘भागवत–गीता’ को स्क्रिप्टको काम छाडेर झरना–सुनील यो जोडीलाई लिएर फेरी ‘ए मेरो हजुर ४’ निर्माण गर्ने तयारीमा जुटेका हुन् । हाल यो चलचित्रको स्क्रिप्ट अन्तिम चरणमा पुगेको जनाइएको छ । अनमोल र सुहानासँगै अन्य कलाकारको छनौटको काम भैरहेको निर्देशक झरना थापाले वताइन् ।
चलचित्र धुपौरे छाडेर दोधारमा परेका अनमोल अव यो चलचित्रमा व्यस्त हुने वुझिएको छ । यद्यपी, अनमोलका बा भुवन केसीका अनुसार होम प्रोडक्सनबाट निर्माण हुने चलचित्र ‘एन्टि हिरो’ मा अनमोल व्यस्त भैसकेका छन् ।