• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
३५ वर्षपछि महिलालाई बच्चा जन्माउन गाह्रो 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

३५ वर्षपछि महिलालाई बच्चा जन्माउन गाह्रो 
मंसिर ११, २०७६

 

म २४ वर्षीय नवविवाहित युवक हुँ । मेरी श्रीमतीको उमेर २७ वर्ष हो । म तत्काललाई सन्तान नपाउने विचारमा छु (करिब ५ वर्षसम्म) तर मेरी श्रीमतीको उमेर धेरै भैसक्यो, पछि बच्चा पाउन गाह्रो हुने हो कि ? नि:सन्तानको समस्या हुने हो कि भने डराइरहेकी छिन् । के साँच्चिकै ३० वर्षभन्दा बढी उमेरमा बच्चा पाउन समस्या हुन्छ ? नि:सन्तानको समस्या हुनसक्छ ? अर्को प्रसंग, हामी कन्डमको प्रयोगबिना नै यौनसम्पर्क गर्न चाहन्छौं । त्यही भएर पनि लगातार इकन तथा इकनजस्ता अन्य चक्की प्रयोग गरिरहेका छौं तर इकन तथा इकनजस्ता चक्कीको लगातार प्रयोगले बच्चा पाउन बाधा सिर्जना गर्न सक्छ भनेर कतै पढेको थिएँ । त्यसैले गर्भनिरोधका लागि इकन तथा इकन जस्ता चक्कीको प्रयोगको साटो अरू कुनै विधि वा साधन सुरक्षित र उपयुक्त होला कि ?

                                                                                                 ना. 

के उमेर ढल्कँदै गएपछि सन्तान जन्माउन गाह्रो हुन्छ ? 

आफूले चाहेको समयमा सन्तान जन्माउने इच्छा राख्नुभै परिवार योजना बनाउनुभएकोमा हर्षित छु । तपाईंलाई थाहै होला, उमेर निकै बढी भएपछि पनि महिलाले सन्तान जन्माएका घटना प्रशस्तै छन् । महिलाको प्रजनन क्षमताको कुरा गर्दा २० देखि ३० वर्षभित्र उत्तम मानिन्छ । महिलाको प्रजनन क्षमता यस्तै ३५ वर्षपछि कम हुँदै जान्छ । तपाईंलाई थाहै छ महिलामा महिनावारी नै बन्द हुन्छ । यसरी महिनावारी बन्द हुनुभन्दा केही वर्ष पहिलेदेखि नै महिलाको प्रजनन क्षमतामा निकै ह्रास आइसकेको हुन्छ । महिलाको प्रजनन क्षमतामा कमी आउने मुख्य कारण डिम्बको गुणस्तर वा संख्या दुवैमा कमी आउनु हो । पुरुषको पनि उमेरसँगै शुक्रकीटको संख्या तथा गुणमा ह्रास नआउने होइन, तर कुनै निश्चित उमेरपछि पुरुष पिता बन्न सक्दैन भन्ने कुरा लागू हुँदैन । 

महिलाको उमेर जति बढी भयो गर्भधान हुन र शिशु जन्माउन गाह्रो हुने मात्र होइन, वंशाणुगत वा अन्य समस्याका साथै सन्तान जन्मने सम्भावना बढी हुन्छ । छोटकरीमा भन्नुपर्दा गर्भावस्थासँग सम्बन्धित मधुमेह तथा उच्च रक्तचाप, कम तौलको शिशु वा समयभन्दा अघि शिशु जन्मने, शिशुमा डाउन सिन्ड्रोम हुने, गर्भ तुहिने वा मरेको शिशु जन्मने जस्ता कतिपय समस्या तुलनात्मक रूपमा बढी देखिएको छ । अर्को महत्वपूर्ण कुरा के भने अहिले चिकित्सा विज्ञानले निकै ठूलो प्रगति गरेको छ । यी प्रगतिका बीच केही वर्ष पर्खिएर गर्भधारणमा केही कठिनाइ भए विशेषज्ञ चिकित्सकको मद्दत लिने ठाउँ पनि छ । त्यसैले केही वर्ष पर्खंदा नि:सन्तान नै भइन्छ भनेर चिन्ता लिनुपर्ने स्थिति छैन । 

आकस्मिक गर्भ निरोधका कुरा

तपाईंले प्रयोग गर्नुभएको गर्भनिरोधको औषधी इकोन आकस्मिक गर्भ निरोधको साधन हो । यो औषधीले असुरक्षित यौनसम्पर्क भएपछि त्यसबाट १ सय २० घण्टाभित्रको गर्भ रहन दिँदैन, तर यो चक्कीको सेवन गरेको २४ घण्टापछि भएको यौनसम्पर्कबाट भने गर्भ रहन सक्छ । यो औषधी सेवन गरे पनि गर्भ रहने क्षमतामा फर्कन कुनै ढिलाइ हुँदैन । त्यसैले तपाईंको सन्दर्भमा यसलाई कारण मान्नुपर्ने देखिँदैन ।

विवाहित जोडीमा नियमित यौनसम्पर्क हुने स्थिति हुन्छ । आकस्मिक गर्भ निरोधको साधन बारम्बार प्रयोग गर्दा यसको प्रभावकारितामा केही कमी आउन सक्छ । त्यसैले आकस्मिक गर्भ निरोधको साधन भन्दा आफूलाई उपयुक्त अन्य कुनै भरपर्दो गर्भनिरोधको साधन प्रयोग गर्नु बेस हुन्छ । तपाईंलाई थाहै छ, कन्डमबाहेक पनि खाने चक्की, तीनमहिने सुई, कपर–टी तथा इम्लान्टजस्ता प्रभावकारी गर्भ निरोधका साधन उपलब्ध छन् । परिवार नियोजन सेवा केन्द्रबाट परामर्श लिई आफूलाई उपयुक्त हुने कुनै एक साधन छनौट गर्न सक्नुहुन्छ । तीनमहिने सुईको हकमा भने गर्भ रहन केही समय लाग्न सक्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik