कस्तो रहेछ २५ लाखको गीत ?

- साप्ताहिक संवाददाता

मंसिर १२, २०७६

एक्सन किङ विराज भट्टको निर्देशन तथा अभिनय रहेको चलचित्र ‘साङ्लो’को पहिलो गीत आज सार्वजनिक गरियो । लोक फ्लेवरमा निर्माण भएको यो गीतमा विराजसँगै नव–अभिनेत्री निकिता चाण्डक लगायतका कलाकारहरु फिचर्ड छन् ।

राजनराज सिवाकोटीको शब्द, संगीतमा तयार यो गीतको भिडियो निर्माणमा कति खर्च भएको होला ? ५ लाख, १० लाख अथवा १५ लाख ? सायद धेरैका अनुमान फेल खान सक्छन् ।

अभिनेता विराजले हालै कान्तिपुरकर्मी रामजी ज्ञवालीलाई दिएको एक अन्तरवार्तामा उनले यो गीत निर्माणमा मात्रै २५ लाख हाराहारी खर्च गरिएको सुनाए । उनले भने, ‘हामीले काठमाडौँदेखि कोरश डान्सका लागी कलाकार लगेका छौं । उनीहरुको पारिश्रमिकनै ५ देखी ६ लाख हुन आउँछ । बस्ने खाने खर्च लगभग २ लाख हुन आउँछ । काठमाडौँ, धनगढी देखि भारतबाट समेत समान ल्याउँदा यति खर्च भएको हो ।’

विराजले कोरश डान्समा १ सय २० जना कलाकार काठमाडौँदेखि लगिएको बताए । डोटीमै यो गीत खिचिएको हो ।

गीतमा राजनराज र मिलन नेवारको स्वर छ । कविराज गहतराजले कोरियोग्राफी हेर्न सकिन्छ । गीतको सेट आकर्षक छ । सार्वजनिक गीतलाई छोटो समयमै राम्रो प्रतिक्रिया मिलेको छ । युट्युबमा आएका प्रतिक्रिया राम्रा छन् ।

विराजको आफ्नै लगानी र निर्देशन रहेको चलचित्र ‘साङ्लो’ माघ २४ गते नेपालभर प्रदर्शन हुँदैछ । एक्सन, लभस्टोरी जनरामा निर्माता भएको यो चलचित्रमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

विराज भट्ट प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ ।

यो चलचित्रबाट नेपाली सिनेनगरीमा पाइला चालेकी अभिनेत्री निकिता ‘मिस नेपाल २०१७’ हुन् । उनले यो चलचित्रअघि ‘रानीमहल’मा काम गरेकी थिइन् । यद्यपी, त्यो चलचित्रको छायांकन पुरा नहुँदै बिचमै रोकियो । त्यसपछि निकिताले ‘साङ्लो’सँग जोडिएकी हुन् । विराजले निकिताको कामबाट आफु निकै प्रभावित भएको बताए ।

प्रकाशित :मंसिर १२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×