यो साता माछा माछा र माया पिरिम

- साप्ताहिक संवाददाता

मंसिर १९, २०७६

यो साता सिनेमा हलमा दुई चलचित्र ‘माछा माछा’ र ‘माया पिरिम’ रिलिज हुँदैछन् । सुनिल गुरुङ निर्देशित चलचित्र ‘माछा माछा’ मा सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रवीण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुष्कर गुरुङ, कमलमणि नेपाल, धुब्र कोइराला, वसन्त भट्टलगायतका कलाकारको अभिनय गरेका छन् । 

चलचित्रका निर्देशक गुरुङकै लेखन छ । उनले चलचित्रको कथा भूकम्पभन्दा अघि नै तयार परेको बताए । ‘यो कथा भूकम्पअघि नै तयार भएको थियो । यो कथामा चलचित्र बनाइने भएपछि निर्माण टिमसँगको सल्लाहमा पुन: लेखेर चलचित्र छायांकन गरेका हौं,’ निर्देशक गुरुङले भने, ‘चलचित्रले एकअर्कालाई साथ नदिने तीन साथीको कथालाई प्रस्तुत गर्नेछ । उनीहरू एकापसमा सँगै काम गरे पनि उनीहरू एकअर्काप्रति कहिल्यै सहमत हुन सक्दैनन् ।’

चलचित्रका निर्माता रामबाबु गुरुङले चलचित्रको स्क्रिप्ट राम्रो बनेकाले दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको बताए । ‘चलचित्रको कथावस्तु रमाइलो किसिमको छ । दर्शकले चलचित्रबाट मज्जा लिनुहुनेछ भन्नेमा ढुक्क छौं’, उनले भने । सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले निर्माण सहकार्य गरेको चलचित्रमा रामबाबु गुरुङसँगै अभिनेता दयाहाङ राईको पनि लगानी छ । मणिराम पोखरेल कार्यकारी निर्माता रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रवीण सिंहको कोरियोग्राफी छ ।

त्यस्तै टेक पौरखी राईले निर्देशन गरेको चलचित्र ‘माया पिरिम’मा कोसिस क्षेत्री र किरण चन्द प्रमुख भूमिकामा छन् । चलचित्र ‘मट्टीमाला’ बाट निर्देशनमा ‘डेब्यू’ गरेका टेकले दोस्रो चलचित्रसम्म आइपुग्दा आफूमा प्राविधिक र गुणस्तरीयतामा सुधार आएको बताए । ‘

 

प्रकाशित :मंसिर १९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×