साप्ताहिक संवाददाता
वान प्लसका प्रयोगकर्ताहरूका लागि खुसीको कुरा छ । वान प्लस ग्लोबल मोबाइल टेक्नोलोजी कम्पनीले आफ्नो नयाँ प्रोडक्टका रूपमा वानप्लस ७ टिप्रो स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । यो मोबाइलमा ६ दशमलव ६७ इन्चको फ्लुइड एमोलेड रिजोलुसन, ५ कर्निङग गोरिला ग्लास र ९० एचजेड डिस्प्लेको साथमा १९ दशमलव ५:९ स्क्रिन रेसियो रहेको छ ।
त्यस्तै २ सय ५६ जीबी यूएफएस, ३.० स्टोरेज, १६ एमपी फ्रन्ट क्यामेरा, ४८ एमपी मेन क्यामेरा, १६ एमपी अल्ट्रावाइड, तीन गुणा अप्टिकल जुम, ओआईएस डुअल एलईडी फ्ल्यास, एचडीआर र पानारोमाजस्ता विशेषताहरू रहेका छन् ।
स्न्यापड्रेगन ८५५ अक्टा कोर प्रोसेसर रहेको यो मोबाइल एन्ड्रोइड १०.० तथा अक्सिजन ओएस १०.०.४ मा चल्छ । मोबाइलको सुरक्षाका हिसाबले यसमा ०.२८ सेकेन्डको फेस अनलक तथा अन्डर डिस्प्ले फिङ्गरप्रिन्ट राखिएको छ । वानप्लस ७ टीप्रोको मूल्य ९९ हजार ९ सय ९९ मा निर्धारण गरिएको छ ।