हार्ले डेभिड्सनका २ मोटरसाइकल नेपालमा

- साप्ताहिक संवाददाता

मंसिर २३, २०७६

भारतीय मोटरसाइकल हार्ले डेभिड्सनको छुटाछुट्टै सीसीका दुईवटा मोटरसाइकल नेपाल भित्रिएको छ । मोटरसाइकलको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले इन्ट्री लेभलका स्ट्रिट ७५० तथा स्ट्रिटरोड ७५० मोटरसाइकललाई नेपाल भित्र्याएको हो । उक्त बाइकहरूमा २ लिक्विड कुल्ड सिलिन्डर, ४ वटा भल्भ तथा ७४९ सीसीको इन्जिन रहेको छ भने ६ स्पिडको गियर बक्स जडान गरिएको छ ।

मोटरसाइकलमा फ्युल वार्निङ इन्डिकेटर, लो ओयल इन्डिकेटर, बार–इन्ड मिरर, एनालग स्पिडोमिटर, बेल्ट राइड, पिलियन सिट, इन्जिन किल स्विच, डिजिटल ट्रिप मिटर आल्मुनियम अलोय ह्विल, टियरड्रप फ्युल ट्याङ्कजस्ता विशेषता रहेका छन् । स्ट्रिट ७५० को लम्बाइ २२१४ एमएम, सिटको हाइट ६५२ एमएम, ग्राउन्ड क्लियरेन्स १४४ एमएम तथा ह्विल वेस १५१८ एमएम, फ्रन्टमा २९२ एमएम तथा रियरमा २६० एमएमको डबल क्यालिपर डिस्क ब्रेक रहेको छ ।

त्यस्तै स्ट्रिटरोड ७५० को लम्बाइ २१३१ एमएम, सिटहाइट ७५६ एमएम, ग्राउन्ड क्लियरेन्स २०५ एमएम, ह्विल वेस १५०८ एमएम, फ्रन्टमा ३०० एमएम तथा रियरमा २६० एमएमको सिगंल डिस्क ब्रेक रहेको छ । नेपाली बजारमा हार्ले स्ट्रिटको मूल्य २३ लाख तथा स्ट्रिटरोडको मूल्य २७ लाख रुपैयाँ पर्छ । यी बाइकहरू काठमाडौंको गैरीधारास्थित हार्ले डेभिड्सनको शोरुममा उपलब्ध छ ।

प्रकाशित :मंसिर २३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×