• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
धेरै यौन सपना कस्तो खालको समस्या हो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

धेरै यौन सपना कस्तो खालको समस्या हो
मंसिर २५, २०७६

म २० वर्षीय पुरुष हुँ । मेरो विवाह भएको छैन । मेरो समस्या भनेको स्वप्नदोष हो । पहिला महिनामा दुई–तीन पटक हुन्थ्यो भने अहिल पाँच–छ पटक हुने गर्छ । कतिसम्म भएको ठीक होला ? यो के कारणले हुन्छ ? केही असर गर्छ कि गर्दैन ? यसको औषधी प्रयोग गर्दा ठीक होला त ? म दुब्लो पनि छु । मेरो दुब्लोपनको कारण यही हो त ? यसलाई कसरी कम गर्न सकिन्छ ? 

                                                                                                 आई.

स्वप्नदोष किन हुन्छ ?  

निदाएका बेला एकपछि अर्को चित्र, विचार, भावना र संवेदना अचेतन रूपमा नै मस्तिष्कमा आउनु सपना देख्नु हो । सपना विशेष गरेर Rapid Eye Movement (REM) sleep (निद्रा) को स्थितिमा हुन्छ । सपना डरलाग्दो, साहसिक, रमाइलो वा यौनसम्बन्धी हुन सक्छन् । यौनसम्बन्धी सपना देख्दा यौनाङ्गमा रगत भरिने देखिन्छ र पुरुषमा लिङ्ग उत्तेजित हुने अनि महिलामा पनि योनिश्राव हुने देखिन्छ । यौन सपना प्राय:जसो पहिलो पटक यो किशोरावस्थामा हुन्छ र यसले यौन विकास राम्ररी नै भएको संकेत गर्छ । यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पाउने पनि गर्छन् । यसरी निदाएको बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई नै बोलीचालीको भाषामा स्वप्नदोष भनिन्छ । अंग्रेजीमा भने wet dreams, night fall वा nocturnal emmisions भनिन्छ ।

भनिन्छ, प्रजनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि रागरस (सेक्स हार्मोन) जसले यौन व्यग्रता तथा यौन तनाव एकातिर बढाउँछ भने अर्कातिर वीर्यको पनि उत्पादन हुन थाल्छ । स्वाभाविक रूपमा यसले बाहिर निस्कने बाटो खोज्छ । यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौन तनाव बढ्न थाल्छ, जसलाई शान्त पार्नु पनि स्वाभाविक कुरा नै हो । प्राकृतिक रूपमा नै व्यक्तिले यौन सपना देख्छ र वीर्य स्खलन तथा यौन चरमसुख प्राप्तिको स्थितिसम्म पुग्दछ । 

कति पटक ठीक ? 

कति पटक हुनु सामान्य हो भन्ने कुरा भन्न सजिलो छैन । यो व्यक्ति–व्यक्तिअनुसार फरक पर्ने गर्छ । किशोरावस्था वा युवाअवस्थामा यौनभावना तथा व्यग्रता तीव्र हुन्छ र चेतन मनको धेरैजसो भाग यौनसम्बन्धी कुरा सोचेर बिताउने गर्छन् । तपाईंमा यौन तनाव बढी भएकाले यो धेरै हुनुलाई अन्यथा लिनुपर्छ भन्ने लाग्दैन । 

उपचार के होला ?

स्वप्नदोष भनिए पनि यो कुनै विकार वा खराबी होइन । त्यसैले यसको कुनै उपचार आवश्यक पर्दैन । तपाईंले हस्तमैथुन वा यौनसम्पर्क गर्ने गरे/नगरेको केही लेख्नुभएको छैन । यसरी निकै यौनसपना देख्नुले यौन तनाव शान्त पार्न तपाईंको प्रयास पर्याप्त नभएको हुन सक्ने कुरालाई संकेत गर्छ । विचार गर्नुपर्ने कुरा के हो भने यौनसम्पर्क वा हस्तमैथुन सामान्य रूपमा राखिँदा यो केही कम भए पनि निर्मूल नै नहुन सक्छ । अचेलका केही अनुसन्धानमा यौन सपना देख्ने व्यक्तिहरूमा टेस्टेस्टेरोनको मात्रा बढी हुने देखिएको छ ।

पूर्वीय समाजमा भएको वीर्य खेर जान दिनु हुन्न भन्ने सोच हुँदा वीर्य खेर गएमा कमजोरी हुने, जीवन शक्तिमा र्‍हास आउने विश्वास राखिन्थ्यो । स्वप्नदोषबारे उचित तथा सही जानकारी नपाउने हुनाले कतिपय किशोर तथा युवाहरू गहिरो चिन्तामा पर्छन् । पक्कै पनि आफूलाई कुनै गम्भीर रोग लागेको भन्ने ठान्छन् । आफैंको यसमा कुनै हानिकारक असर हुँदैन । यसले दुब्लोपन पनि गराउँदैन । 

यसरी निद्रामा वीर्य स्खलन भएपछि बिहान उठेर सरसफाइमा विशेष ध्यान दिनुपर्छ । वीर्य यौनाङ्ग क्षेत्रमा रहिरहेमा संक्रमण हुने जोखिम बढी हुन्छ । त्यसैले बिउँझिएपछि लिङ्ग र अण्डकोष र वरिपरिका क्षेत्र साबुन–पानीले धुने गर्नुपर्छ । अन्डरवेयर वा कटटु लगाएर सुतेमा त्यसलाई मात्र धुन तुलनात्मक रूपमा सजिलो हुन्छ, तन्नामा पनि पर्दैन ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik