फेसबुकको फोटो गुगलमा सार्न सकिने

- साप्ताहिक संवाददाता

मंसिर २५, २०७६

फेसबुकले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फिचरको व्यवस्था गरेको छ । अब फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुकमा भएको फोटो तथा भिडियो गुगल फोटोजमा सार्न सक्ने भएका छन् । सन् २०२० बाट विश्वका सबै प्रयोगकर्ताबीच लागू गर्ने बताउँदै फेसबुकले यसको सुरुवात आयरल्यान्डबाट गरेको छ ।

सन् २०१८ मा फेसबुकले घोषणा गरेको डाटा ट्रान्सफर योजनाअन्तर्गत यो नयाँ टुललाई लिइएको छ । फेसबुकले यो फिचरको उद्देश्य प्रयोगकर्ताका लागि भिन्न तथा सबै प्रकारका सेवाबीच सुरक्षित तवरले एउटा एपबाट अर्को एपमा डाटा ट्रान्सफर गर्नु बताएको छ । 

प्रकाशित :मंसिर २५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×