साप्ताहिक संवाददाता
मंसिर २७, २०७६
हास्यकलाकार शिवहरी पौडेलको डेब्यू निर्देशन रहेको चलचित्र ‘लक्का जवान’ को रिलिज डेट पर सरेको छ । आगामी चैत्र ७ गतेबाट अल नेपाल रिलिजको प्रचारमा रहेको चलचित्र अब चैत २१ मा रिलिज हुने तय भएको छ ।
चलचित्रमा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा शिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्र ‘लक्का जवान’ ले केही पाका उमेरका मानिसहरुको कथा भन्ने निर्माण पक्षले बताएको छ ।