साप्ताहिक संवाददाता
जाडो महिना लागे संगै विधुतीय हिटरको प्रयोग हवात्तै बढेको छ । घरमा बिहान बेलुकी होस या अफिस भित्र, विधुतीय हिटरले कोठा र शरीरलाई न्यानो बनाउन मद्दत पुर्याउछ । तर विधुतीय हिटरको प्रयोग भने जोखिमपूर्ण पनि छ त्यसैले यसको प्रयोग गर्दा विशेष ध्यान भने दिनुपर्ने हुन्छ ।
-हिटर बाल्दा कोठाको झ्याल वा भेन्टिलेसन खुल्ला गर्नुहोस् । हावा पास नहुने बन्द कोठामा हिटर प्रयोग गर्नुहुँदैन् ।
-मुटु तथा श्वास प्रश्वासका रोगीका लागि हिटर प्रयोग हानीकारक मानिन्छ ।
-लामो समय सम्म हिटर प्रयोग गर्दा छालामा समस्या आउने देखिन्छ । त्यसैले लामो समय सम्म हिटर नजिक नबस्नुहोला ।
-सुत्ने बेलामा हिटर बालेर नसुत्नुहोस्, साथै आफु केहि काम गर्दै गर्दा हिटर कोठामा खुल्लै छाडेर बाहिर ननिस्किनुहोस् ।
- आगोबाट जल्ने कुराहरु र केटाकेटीहरुबाट हिटरलाई टाढै राख्नुहोस् ।