साप्ताहिक संवाददाता
पुस १०, २०७६
अभिनेत्री बिनिता बरालले छोरीलाई जन्म दिएकी छिन् । अमेरिकामै विवाह गरेकी बरालले आफ्नो
फेसबुक अकाउन्ट मार्फत आफू आमा भएको कुरा उल्लेख गरेकी छिन् ।
उनले फेसबुकमा छोरी सहितको तस्बिर पोस्ट गर्दै लेखेकी छिन् – ‘कसैकसैको हिजो आगमन भएको छ । उनको नाम हो काया ।’ उनले आफ्नी छोरीको नाम काया राखेकी छिन् ।
विनिताले गत मे २७ तारिखमा आफ्ना प्रेमी तिलक पौडेलसँग विवाह गरेकी थिइन् ।