साप्ताहिक संवाददाता
पुस २०, २०७६
गायिका अञ्जु पन्तले दलित माझी समुदायका लागि साढे तीन करोड लागतमा ३५ घर बनाइदिने भएकी छिन् । ‘अञ्जु पन्त फाउन्डेशन’ मार्फत उनले पर्सा जिल्लाको सुगौली पर्टेवाको १५ कठ्ठा जमिनमा ३५ घर बनाइदिने घोषणा गरेकी हुन् ।
उक्त समुदायले माछा मारेर र दैनिक ज्याला मनदुरी गरेर जिविको पार्जन गर्दै आएको छ । गायिका पन्तले आफूले गीत गाएर ५ लाख रुपैयाँ जम्मा गरेको जानकारी दिँदै बाँकी रकम संकलन गरेर माझी बस्ती बनाउन अग्रसर भएको बताइन् ।
पर्टेवा पुगेर उनले त्यहाँको दलित बस्ती पानीले डुबाउँदा आफू रातरातभर रोएको स्थानीयसँग बताएकी छन् । स्थानीयको दु:ख देख्दा आफ्नो मन रोएको भन्दै आफूले सहयोग गर्ने आँट गरेको बताइन् ।
उनले आफूसँग ५ लाख रुपैयाँ रहेको र अब सांगीतिक कार्यक्रमबाट रकम संकलन गर्दै जाने भन्दै थप सहयोगका लागि अपिल समेत गरेकी छिन् ।