साप्ताहिक संवाददाता
पुस २७, २०७६
अभिनेता राजबल्लभ कोइराला तथा अभिनेत्री यूना उप्रेतीको डेब्यु चलचित्र ‘पर्खी बसेँ’को दोस्रो बन्ने पक्का भएको छ । चलचित्रको औपचारिक घोषणासँगै चलचित्रमा कस्ले अभिनय गर्ने हुन् भन्ने चर्चा सुरु भएको छ । यो चलचित्र रिलिजको १२ वर्ष पछि गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा बनाउने भएको हो ।
यो चलचित्रमा अभिनेत्री पूजा शर्मा अभिनेता आकाश श्रेष्ठ र पल शाहले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने खबर सार्वजनिक भएको छ । तर, निर्माण टीमले भने कलाकारका बारेमा केहि बोलेको छैन् ।
सार्वजनिक खबर अनुसार पूजा र आकाशले चलचित्रको वान लाइन स्टोरी सुनिसकेका छन् । उनीहरुले चलचित्रको कथा पनि मन पराएको बताइएको छ । चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्दै छन् भने कथा पनि उनकै रहेको छ ।