साप्ताहिक संवाददाता
माघ ३, २०७६
विकिपेडियालाई विश्वास गर्ने हो भने अभिनेता राजेश हमाल ५५ वर्षका भए । सन् १९६४ को जून ९ मा जन्मिएका उनी नेपाली चलचित्रमा आउँदा नै २५ वर्षका थिए । हमालले अभिनय गरेको पहिलो चलचित्र ‘भाग्य रेखा’ हो, जुन सन् १९८९ मा निर्माण भएको थियो ।
३१ वर्षअघि नै २५ वर्षका अभिनेता हमालले अघिल्लो साता काठमाडौंमा आयोजित एक समारोहमा आफ्नो उमेर २५ वर्ष नै भएको सुनाएर उपस्थित व्यक्तिहरूलाई हँसाए । हमालले आफ्नो उमेर बताइरहँदा प्रेक्षालयमा हाँसोको फोहोरा छुट्यो ।
समारोहमा हमालको उमेरको चर्चा भए पछि उनले मुख खोले, ‘मेरो उमेर ३०–३२ वर्षको भयो भनेर त मैले भनें तर मेरो उमेर २५ वर्ष नै हो है ।’ वास्तवमा हमालले आफ्नो उमेर २५ वर्ष भन्न खोजेका नहुन सक्छन्, चलचित्रमा आएको चाहिँ २५ वर्ष भएको हुनसक्छ । हामीले मिलाएर बुझे भै’गो नि †