गुगलमा सबैभन्दा धेरै खोजिएका स्मार्टफोन 

- साप्ताहिक संवाददाता

माघ ६, २०७६

 

गुगलले गत वर्ष शाओमी कम्पनीको रेडमी सिरिजको स्मार्टफोनलाई सबैभन्दा धेरै खोजिएको फोनको पहिलो स्थानमा राखेको छ । गुगलले रेडमी नोट–७, रेडमी नोट–७ प्रो तथा नोट–८ प्रोलाई गुगलमा धेरै खोजिएको स्मार्टफोन भनेर बताएको छ । नेपालमा नोट–७ को मूल्य १७ हजार ५ सय रुपैयाँ छ भने नोट ८ को मूल्य २४ हजार छ ।

त्यस्तै गुगलले दक्षिण कोरियाली कम्पनीको सामसुङ ग्यालेक्सीको सिरिजलाई दोस्रो स्थानमा राखेको छ । ग्यालेक्सीका सिरिजहरूमा पनि एम–२० लाई धेरै खोजिएको छ । यो फोनको मूल्य नेपालमा १७ हजार ५ सय रुपैयाँ पर्छ । भिभोको एस–१ तथा जेड–१ पनि गुगलमा धेरै खोजिएको मोबाइल भएको गुगलले जनाएको छ ।

यी स्मार्टफोनहरूको नेपालमा २८ हजारदेखि ३० हजार रुपैयाँसम्म पर्छ । गुगलले एप्पल कम्पनीको आईफोन–११ लाई पनि धेरै पटक सर्च गरेको फोनका रूपमा समावेश गरेको छ । यो फोन लन्च भएको छोटो समयमै धेरै बिक्री भएको फोनमा पनि पर्छ, जसको नेपाली मूल्य १ लाख ५ हजार रुपैयाँ छ ।

त्यस्तै सन् २०१९ मा इन्टरनेटमा धेरै खोजिएका स्मार्टफोनमध्ये वान प्लसलाई पनि गुगलले आफ्नो तालिकामा राखेको छ । वान प्लसको स्मार्टफोनहरूमा पनि वान प्लस–७ लाई मानिसहरूले धेरै खोजेका थिए । यो फोनलाई नेपालमा ५३ हजार रुपैयाँ पर्छ ।

प्रकाशित :माघ ६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×