साप्ताहिक संवाददाता
माघ ७, २०७६
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह देवांश राणाको प्रेममा छिन् । उनीहरु विभिन्न समारोहमा पनि सँगै देखिन्छन् । प्रेममा खेलेर समाजमा हिडिरहेको यो जोडी अब पर्दामा देखिने भएको छ ।
साम्राज्ञी र देवांशले एक म्यूजिक भिडियोमा सँगै काम गर्ने भएका छन् । उनीहरुले सँगै काम गर्ने तयारी गरेको जानकारी अभिनेत्री साम्राज्ञीले दिएकी हुन् । उनले इन्स्टाग्राममा भिडियोको ‘फस्टलुक’ भन्दै प्रेमी देवांशसाग खिचेको एक तस्बिर राखेकी छिन् । तस्बिर सार्वजनिक गर्दै उनले आफूहरु अनस्क्रिन जोडी भएर भिडियोमा देखिन लागेको उल्लेख गरेकी छिन् ।
केहि समय अघि ‘बाली’मा आफ्ना प्रेमीसँगका केहि तस्बिर पोस्टिएसँगै उनको उनीहरु सम्बन्धमा खुलेका छन् ।