साप्ताहिक संवाददाता
माघ १०, २०७६
आज शुक्रबारदेखि प्रदर्शन हुने चलचित्र ‘कमान्डर’ मा प्रहरी तथा तस्करबीचको टक्करलाई मुख्य विषय बनाइएको छ । चलचित्रमा अभिनेता अनुपविक्रम शाहीले प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन् भने रविन तामाङले तस्करको नाइकेको भूमिका निर्वाह गरेका छन् ।
चलचित्रमा समाजमा व्याप्त भ्रष्टाचार, तस्करी, लागू औषध कारोबार, चेलीबेटी बेचबिखनजस्ता विषयलाई चित्रण गरिएको छ । द्वन्द्व प्रधान दृश्यहरूको अत्यधिक प्रयोग गरिएको यो चलचित्रलाई दिव्य सुवेदीले छायांकन गरेका हुन् भने श्री श्रेष्ठ चलचित्रका द्वन्द्व निर्देशक हुन् ।
निर्देशक : एलआर विवेक सापकोटा
कलाकार : अनुपविक्रम शाही, रविन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, साधना सिलवाल, सगुन थापा आदि ।
संगीतकार : मनोज चौलागाईं