साप्ताहिक संवाददाता
बिश्वका सबैभन्दा होचा कलाकारको रुपमा परिचित मनोज विकको सहयोगार्थ चलचित्र ‘सेल्फी किङ्ग’को विशेष शो हुने भएको छ । नेपाल राष्ट्रिय मोडलिङ संघले आगामी शनिबार अर्थात यही २५ गते शो आयोजना गर्न लागेको हो ।
बोनम्यारो रोगबाट केही समयदेखि पिडित मनोजको अहिले उपचार भइरहेको छ । पारिवारको आर्थीक अवस्था मजबुत नहुँदा उनको उपचारमा आर्थिक समस्याले कठिनाई उत्पन्न भएपछि विशेष शो आयोजना गरेर सहयोग गर्न खोजिएको हो ।
चलचित्रको शोबाट उठेको सम्पुर्ण रकम मनोजलाई नै प्रदान गरिने बताइएको छ । शो कमलपोखरी स्थित सिटी सेन्टरको बिग मुभिजमा बिहान ९ बजे राखिएको छ । उक्त शोमा चलचित्रका कलाकार, राजनीतिक नेता तथा समाजसेवीहरुको समेत उपस्थिति रहने आोजकले जनाएको छ ।
विशाल सापकोटाको निर्देशनमा दिनेश राउत र शुभाष थापाको लगानीमा निर्माण भएको यो चलचित्रमा विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।