साप्ताहिक संवाददाता
फ्राइडे रिलिज अन्तरगत आजबाट दुई चलचित्र ‘साङ्लो’ र ‘सेल्फी किङ’ रिलिज भएका छन् । अभिनेता विराज भट्टले निर्देशन गरेको चलचित्र ‘साङ्लो’ र विशाल सापकोटाले निर्देशन गरेको ‘सेल्फी किङ’ दुबैले प्रचार प्रचार राम्रैसँग गरेर प्रदर्शन यात्रा तय गरेका हुन् । एकै मितिमा प्रदर्शन भएका यि दुई चलचित्र मध्ये दर्शकले कस्लाई साथ दिने हुन्– त्यो हेर्न भने केहि दिन कुर्नै पर्ने हुन्छ ।
चलचित्र ‘साङ्लो’मा पहाडी परिवेशको सुख, दु:खसँगै सहरभित्रको होडबाजी, सहरमा सफल हुन मान्छेले गर्ने तिकडमको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको छ । चलचित्र ‘साङ्लो’मा विराजको अपोजिटमा पूर्व मिस नेपाल निकिता चान्डक छिन् ।
यता, हास्य कलाकारको तीन दिनको यात्राको कथा बोल्ने चलचित्र ‘सेल्फी किङ’को मुख्य भूमिकामा विपिन कार्की छन् । उनको अपोजिटमा लक्ष्मी बर्देवाले अभिनय गरेकी छिन् ।