सधैं सुन्दर रहनका लागि श्वेताको सुझाव

- साप्ताहिक संवाददाता

माघ २६, २०७६

अभिनेत्री श्वेता खड्का अचेल चलचित्रमा छैनन् । चलचित्र कान्छीपछि उनले न त कुनै चलचित्रमा अभिनय गरेकी छिन्, न त निर्माण नै गरेकी छिन् । सामाजिक कार्यका साथै आफ्नै व्यवसायमा समेत सक्रिय उनी बेला–बेलामा रिबन काट्ने कार्यक्रममा पनि सहभागी भइरहन्छिन् । 

यसै साता उनले एउटा सैलुनको उद्घाटन गर्दै सुन्दरताका बारेमा आफ्नो रोचक सुझाव दिएकी छिन् । ‘सेलिब्रेटीमात्र सुन्दर देखिनुपर्छ भन्ने छैन, खड्काको भनाइ थियो, ‘हरेक व्यक्ति सुन्दर हुन आवश्यक छ । 

त्यसका लागि सबैले आफूलाई मेन्टेन गर्नुपर्छ । स्वास्थ र सुन्दरतालाई उत्तिकै ख्याल राख्नुपर्छ ।’ आफ्नो सुझावलाई ब्युटी कन्सस युवापुस्ताले सकारात्मक रूपले ग्रहण गर्ने उनको बुझाइ छ । 

प्रकाशित :माघ २६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×