भ्यालेन्टाइन प्रस्तुतीको तयारीमा अनिल सिंह

- साप्ताहिक संवाददाता

माघ २९, २०७६

भ्यालेन्टाइन डेको अवसर पारेर यही १४ फेबु्रअरी अर्थात फागुन २ गते काठमाडौंको दरबारमार्गस्थित लिक्यूइड लाउञ्ज एण्ड बारमा गायक अनिल सिंहले आफ्नो रोमान्टिक गीतहरु प्रस्तुत गर्ने भएका छन् ।

दरबारमार्थस्थित उडल्याण्ड कम्प्लेक्समा रहेको लिक्यूइड लाउञ्जमा लिक्यूइड ब्याण्डकै संगीतकर्मीहरुको साथमा गायक अनिल सिंहले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्न लागेका हुन् ।

‘भ्यालेन्टाइन्स स्पेशल : फिचरिङ अनिल सिंह’ शीर्षक राखिएको भ्यालेन्टाइन विशेष उक्त सांगीतिक कार्यक्रमको तयारीका लागि गायक सिंह पछिल्लो एक सातादेखि ब्याण्डका संगीतकर्मीहरुसंग नियमित अभ्यास गरिरहेका छन् ।

लाउञ्जमा भेला हुने रोमान्टिक जोडीहरुलाई मनोरञ्जन गराउने उदेश्यले आयोजना लागिएको उक्त सांगीतिक कार्यक्रम भ्यालेन्टाइन डे अर्थात यही शुक्रवार राति ८ बजेपछि प्रारम्भ हुनेछ । कार्यक्रममा गायक सिंहले एक दर्जनभन्दा बढि लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा गायिका सोना अमात्यले गायक सिंहलाई ‘किङ एण्ड क्विन...’ तथा ‘प्रेम कथा...’ शीर्षकका यूगल गीतमा साथ दिनेछिन् । यी दुई गीतको ओरिजिनल भर्सनमा गायक सिंहलाई अभिनेत्री रेखा थापा तथा पूजा शर्माले यूगल गायनमा साथ दिएका छन् ।  

लिक्यूइड ब्याण्डमा भने सोमिक मोक्तान (लिड गिटारिष्ट), पंकज झा (बास गिटारिष्ट), नील घतानी (किबोर्डिष्ट), किरण गौतम (ड्रमरं) तथा प्रविण सिंह ठकुरी (प्याडिस्ट) आवद्ध छन् ।

प्रकाशित :माघ २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×