रिक्सा चालकको सकस ‘धुलो’मा

- साप्ताहिक संवाददाता

माघ २९, २०७६

चलचित्र ‘धुलो’को पहिलो पोस्टर सार्वजनिक भएको छ । सामाजिक विषयमा निर्माण यो चलचित्रको पहिलो पोस्टरसँगै रिलिज मिति पनि सार्वजनिक भएको छ । चलचित्र फागुन १६ गते अल नेपाल प्रदर्शन हुने छ । 

रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको यो चलचित्रमा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । 

सिके वाग्लेको प्रस्तुति रहेको चलचित्रमा लक्ष्मी गौतम र नानीराम फुयालले सयुक्त रुपमा लगानी गरेका छन् । दीपा धरेल यस चलचित्रकी सह–निर्माता हुन् ।

चलचित्रमा सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।

 

प्रकाशित :माघ २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×