साप्ताहिक संवाददाता
फाल्गुन १, २०७६
काठमाडौं
शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘लभ डायरीज’को वुधवार काठमाडौँमा प्रिमियर शो आयोजना गरियो । प्रिमियर शोमा प्रिमियर शोमा उपस्थित पाहुनाहरुले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् ।
डेब्यु अभिनेत्री रुविनाको कामलाई धेरैले राम्रो भनेका छन् । निर्देशक सौरभ चौधरीको कामलाई पनि धेरैले प्रशंसा गरेका छन् ।
प्रिमियर शोमा कलाकारहरु शिव श्रेष्ठ, भुवन केसी, सन्तोष सेन, झरना थापा, केकी अधिकारी, प्रमोद अग्रहरी, निराजन प्रधानलगायत चलचित्र उद्योगका विशेष व्यक्तिहरु हलमा पुगेका थिए ।
सौरभ चौधरीको निर्देशनमा बनेको यो चलचित्रमा रुविनासँगै सुशिल श्रेष्ठ, विश्वजित रिमालको मुख्य भूमिका छ । साहिल खान एसोसियट निर्देशक रहेको चलचित्रलाई विनोद सापकोटाले निर्माण गरेका हुन् । चलचित्र पुर्ण प्रेम कथामा निर्माण गरिएको छ ।