साप्ताहिक संवाददाता
फाल्गुन १, २०७६
नेपाली कथानक चलचित्र ‘आमा’ एकै हलमा बसेर सबै दर्शकले हेर्न पाउँने भएका छन् । केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर पास गरे सँगै यो चलचित्र सबैले हेर्न पाउने भएका हुन् ।
केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर पास गराउने बेला त्यहाँ रहेका सदस्यले राम्रो प्रतिकृया दिएको बताएका छन् । चलचित्रको सेन्सर पास पछि चलचित्रका निर्देशक दीपेन्द्र के खनालले आफूले अपेक्षा गरेअनुसार चलचित्र दर्शकले पनि मन पराउने विश्वास व्यक्त गरेका छन् ।
दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरीले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
सर्मिला पाण्डेको निर्माण रहेको यो चलचित्र चलचित्र फागुन ९ गतेबाट अल नेपाल रिलिजको प्रचारमा रहेको छ ।