• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
कोरोना : त्रास उस्तै 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

कोरोना : त्रास उस्तै 
फाल्गुन १, २०७६

 

उत्तरी छिमेकी देशबाट संसारभर फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाल छ । नेपालले दोस्रो बढी पर्यटक भित्र्याउने मुलुक चीन हो ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको त्रास एक महिना बितिसक्दा पनि उस्तै छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार मंगलबारसम्म संसारभर मृत्यु हुनेको संख्या १ हजार १८ पुगेको छ भने २५ देशका ४२ हजार ९ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २५ देशमा भाइरस संक्रमित पाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

कोरोनाको सबैभन्दा धेरै प्रभाव चीनमा देखिएको छ । चीनमा ४२ हजार ७ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ । चीनपछि सिंगापुरमा ४५ जना, थाइल्यान्डमा ३३ जना, दक्षिण कोरियामा २८ जना, जापानमा २६ जना र मलेसियामा १८ जनामा कोरोनाको संक्रमण देखिएको छ । यस्तै, अस्ट्रेलियामा १५ जना, भियतनाममा १५ जना, जर्मनीमा १४ जना, अमेरिकामा १३ जना, फ्रान्समा ११ जना, युएईमा ८ जना, बेलायतमा ८ जना, क्यानडामा ७ जना, भारत, इटली र फिलिपिन्समा ३/३ जनामा कोरोना भाइरस देखिएको छ । यसैगरी, रसिया र स्पेनमा २/२ जना र कम्बोडिया, फिनल्यान्ड, नेपाल, श्रीलंका, स्वीडेन र बेल्जियममा एक–एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको डब्लूएचओले पुष्टि गरेको छ । 

उत्तरी छिमेकी देशबाट संसारभर फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाल छ । नेपालले दोस्रो बढी पर्यटक भित्र्याउने मुलुक चीन हो । त्यसबाहेक अध्ययन, व्यापार, भ्रमणजस्ता कुराले दुवै देशका नागरिक ओहोर–दोहोर गरिरहन्छन् । चीनमा कोरोना भाइरसको संक्रमण व्यापक बन्न थालेपछि त्यसको स्वाभाविक चिन्ता नेपालमा पनि छ । ठूलो संख्यामा नेपालीहरू कोरोनाको केन्द्र मानिएको हुबेई प्रान्तमा फसेका छन् । 

चीनमा रहेका नेपालीलाई लिन वाइडबडी विमान तयार गरेको पर्यटन मन्त्रालयले जनाएको छ । सरकारले चीनबाट ल्याइने नेपालीलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइनलगायतका भौतिक पूर्वाधारको तयारी गरिरहेको छ । त्यसका लागि भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा १ सय ९९ वटा ‘क्वारेन्टाइन’ कोठाहरू तयार गरिएको जनाइएको छ । चीनबाट फर्काइएका नेपाली विद्यार्थीको निगरानी गर्न ८६ जना स्वास्थ्यकर्मी तथा विमानका कर्मचारीलाई गत सोमबार अभिमुखीकरण तालिम दिइएको छ । सरकारले खरिपाटीसँगै, शिवपुरीस्थित नेपाली सेनाको क्याम्प, सूर्यविनायकस्थित नेपाली सेनाको तालिम केन्द्र र इचंगुनारायणमा सुकुम्बासीका लागि बनाइएको भवनमा चीनबाट ल्याएका नेपालीलाई राख्ने तयारी गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । 

भक्तपुरको खरिपाटीमा चीनबाट ल्याएका नेपालीलाई राख्नका लागि तयार गर्नु भन्ने प्रधानमन्त्रीले निर्देशन दिएपछि त्यहाँका स्थानीयले विरोध गरेको थिए । यस्तो विषयमा स्थानीयले विरोध गर्नुको तुक नरहेको श्रेष्ठ बताउँछन् । ‘त्यहाँ हामीले कोरोना संक्रमित बिरामी राख्न लागेका होइनौं,’ उनी भन्छन्, ‘स्वस्थ मानिसलाई त्यहाँ राख्ने हो, बिरामीलाई त सिधै अस्पताल लगिहाल्छौं नि ।’ 

यस्तै मन्त्रालयले सबै अस्पताललाई पनि अलर्ट रहन निर्देशन दिइसकेको छ । अहिले २३ वटा अस्पतालमा १ सय ५५ वटा आइसोलेटेड बेड तयारी अवस्थामा छन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik