साप्ताहिक संवाददाता
फाल्गुन २, २०७६
काठमाडौं
चलचित्र ‘म यस्तो गीत गाउँछु २’ निर्माण टिमले प्रदर्शन मिति परिवर्तन गर्दै ट्रेलर सार्वजनिक गरेको छ ।
फागुन २३ गते सार्वजनिक हुने भनिएको यो चलचित्र अब एक साता पछि फागुन ३० मा नेपालभरका हलमा लाग्नेछ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा पल शाह र पूजा शर्माको प्रेम, रोमान्स र विछोडलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा पल शाहलाई सुपरस्टार गायकको रुपमा देखाउन खोजिएको छ भने पूजा शर्मालाई राइजिङ स्टारको रुपमा प्रस्तुत गर्न खोजिएको छ ।
सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सुदर्शन थापाको कथा, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा, अर्जुन पोखरेलको संगीत रहेको चलचित्र पुर्ण प्रेम कथामा आधारित रहेको निर्माण पक्षको भनाई छ ।