साप्ताहिक संवाददाता
फाल्गुन ३, २०७६
काठमाडौं
अभिनेत्री प्रियंका कार्की–आयुष्मान देशराजको विहे आगामी फागुन १५ मा हुने भएको छ ।
यसअघि यो जोडीको बिहे फागुनमा हुने भनिएपनि कुन दिन भन्ने एकिन भएको थिएन । उनीहरुले समेत बिहेको मितिबारे जानकारी गराएका थिएनन् ।
भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अबसर पारेर यो जोडीले बिहेको मिति तोकेको हो । सामाजिक सञ्जाल इन्टाग्राममा उनीहरुले सार्वजनिक फागुन १५ गते विवाह गर्ने उल्लेख गरेका छन् ।
उनीहरुको बिहे कहाँ र कुन स्थानमा हुने भन्ने विषयमा भने अहिलेसम्म कुनै जानकारी आएको छैन । प्रियंका–आयुष्मान लामो समयदेखि प्रेममा छन् । उनीहरुले इङ्गेजमन्ट गरेको समेत धेरै समय भैसकेको छ ।