साप्ताहिक संवाददाता
१. स्वस्थकर खानपान अपनाउने
दैनिक सन्तुलित भोजन खानुहोस्
मैदाबाट बनेका, रिफाइन्ड गरिएका परिकारहरू नखानुहोस् ।
बिहानको खाजा नियमित रूपमा खानुहोस् ।
खाना पकाउँदा तेलको मात्रा कम गर्नुहोस् ।
दिउँसो नसुत्नुहोस् ।
रेसादार खानेकुरा बढी मात्रामा खानुहोस् । जस्तै: हरियो सागसब्जी, फलफूल, सलाद, खोस्टासहितको अन्न र गेडागुडी दैनिक रूपमा खानुहोस् ।
खानामा अन्नको मात्रा कम गरी सागपात, सलादको मात्रा बढाउनुहोस् ।
दूध खाँदा दूधको छाली
फ्याक्नुहोस् वा कम चिल्लो भएको दूध खानुहोस् ।
२. शारीरिक व्यायाम
शारीरिक व्यायामले शरीरमा भएको अनावश्यक बोसोलाई घटाई शरीरलाई स्वस्थ राख्छ ।
शारीरिक तथा मानसिक रूपमा स्वस्थ तथा फुर्तिलो बनाइराख्छ ।
रक्तनलीलाई स्वस्थ राखी मुटु रोग तथा ह्दयाघातबाट बचाउन
मद्दत गर्छ ।
३. तनाव व्यवस्थापन गर्नुहोस् धेरै चिन्ता लिने बानी हटाउनुहोस् ।
४. व्यवहार र धारणामा परिवर्तन
बिस्तारै मज्जाले चपाएर खाने बानी गर्नुहोस् । कारण : पाचन प्रक्रियामा सहयोग गर्छ ।
भोकै न बस्नुहोस् । सधैं एकै समयमा खाने बानी गर्नुहोस् । कम्तीमा पनि ४ पटक खानुहोस्, ठीक्क खानुहोस्, कहिले धेरै कहिले थोरै नखानुहोस् ।
खाना रमाएर खानुहोसु । टिभी हेर्दै, मोबाइल खेल्दै खाने नगर्नुहोस् ।