साप्ताहिक संवाददाता
हामीले आफ्नो शरीरको तौल कति उचित हो भन्ने कुरा सहजै जान्न सक्छौं । त्यसका लागि बीएमआई को उचाइ र तौलको फर्मुला प्रयोग गर्न सकिन्छ । एसियनहरूका लागि बीएमआईले १८.५ देखि २२.९ लाई सामान्य, २३ देखि २७.४ सम्म बढी तौल, २७.५ देखि ३२.४ सम्म मोटो, ३२.५ देखि ३७.४ सम्म धेरै मोटो र ३७.५ केजीभन्दा माथि अति मोटो भनेर वर्गीकरण गरेको छ ।
यो वर्गीकरणअनुसार आफ्नो स्थिति थाहा पाउन शरीरको तौल र उचाइ थाहा हुनु आवश्यक छ । नेपालमा उचाइ फुटमा नाप्ने चलन छ । त्यसलाई मिटरमा रूपान्तरण गर्नुपर्छ । रूपान्तरण गर्दा आएको परिणामलाई त्यही परिणामले गुणा गर्नुपर्छ । त्यसबाट प्राप्त परिणामले आफ्नो तौललाई भाग गर्दा आएको नतिजाबाट तौलको अवस्था कस्तो छ भन्ने थाहा हुन्छ ।
यद्यपि, १६ वर्षमुनिकालाई बीएमआई प्रयोग हुँदैन । यो उमेर समूहलाई विश्व स्वास्थ्य संगठनको ग्रोथ चार्ट हेरेर शरीरको तौलको अवस्था पत्ता लगाउन सकिने डाइटिसियन बताउँछिन् ।