साप्ताहिक संवाददाता
‘स्वर’बाट फिल्ममा डेब्यु भएकी अभिनेत्री बेनिशा हमालको फिल्म यात्रा खासै सुखद हुन सकेन । बरु म्युजिक भिडियोमा व्यस्तता बढ्यो तर अभिनय गरेका फिल्मले राम्रो रेकर्ड राख्न सकेनन् । यद्यपि सिन थोरै भए पनि ‘कालो पोथी’ मा निर्वाह गरेको भूमिकाले भने उनलाई दर्शकमाझ ‘नोटिस’ गरायो । त्यसबाहेक उनले निर्वाह गरेका अन्य फिल्मले सुखद व्यापारिक नतिजा ल्याउन सकेन ।
फरक–फरक भूमिकामा अभिनय गर्न रुचाउने उनी पछिल्लो समय बहुपति प्रथामाथि बन्न लागेको चलचित्र ‘टुल्की’का लागि अनुबन्धित भएकी थिइन् । तर, लामो समय भइसक्दा पनि सुटिङ सुरु नभएपछि उनले यो चलचित्रबाट हात झिकेकी छिन् ।
कारण, उनी अभिनयलाई केही समय ब्रेक दिएर फिल्म मेकिङ पढ्न मुम्बई पुगेकी छन् । अहिले उनी मुम्बईको एफएक्स स्कुल अफ फिल्म मेकिङ एन्ड फोटोग्राफीको विद्यार्थी भएकी छिन् । बेनिशाको यो पढाइ यात्राले उनको चलचित्रको गुणस्तर बढाउन कस्तो भूमिका खेल्ला, अब यसको प्रतीक्षा छ ।