• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
अनलाइन तथा मोबाइल पेमेन्ट गेटवे
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

अनलाइन तथा मोबाइल पेमेन्ट गेटवे
मंसिर १२, २०७१
जिन्दगी व्यस्त बन्दैछ । सबैले विभिन्न स्थानमा तिर्नुपर्ने पैसा तिर्न जान पनि नभ्याउने अवस्था छ । फेरि प्रविधिको विकास पनि तीव्र भैरहेको छ । यो अवस्थामा प्रविधिकै प्रयोग गरेर घरैबाट धेरै काम गर्न सकिने भएको छ । विश्वमा प्रचलित यस्ता विभिन्न प्रकारका अभ्यास नेपालमा पनि हुन थालेका छन् । दूरसञ्चारको विकास, स्मार्टफोन तथा इन्टरनेट प्रविधिको विकासका कारण यो सबै सम्भव भएको छ । अब घरमै बसेर अनलाइन रूपमा विभिन्न आर्थिक कारोबारसमेत गर्न सकिने भएको छ । इ-बैंकिङमार्फत संसारको एउटा कुनाबाट अर्को कुनामा सामान किनबेच गर्न सकिन्छ । यही कार्यलाई पछ्याउँदै नेपालमा पनि अनलाइन सेवा दिने विभिन्न कम्पनी एवं संस्था बजारमा परिचित हुने क्रममा छन् । यस्ता साइटको लोकप्रियता पनि बढ्दो छ । मोबाइलमार्फत पनि यस्ता कार्य गर्न सकिने भएको छ । यसका लागि विभिन्न प्रकारका अनलाइन तथा मोबाइल पेमेन्ट गेटवेका रूपमा कार्य गर्न नेपालमा समेत विभिन्न प्रकारका कम्पनीले कार्य प्रारम्भ गरिसकेका छन् ।

अहिले ई-सेवाको नाम धेरैले सुनेको हुनुपर्छ । यसको प्रयोग नेपालकै पहिलो पेमेन्ट गेटवेका रूपमा भैरहेको छ । एफवान सफ्टका हिमाल निरौला, वीरेन्द्र धामी तथा अनिश श्रेष्ठ आदिको समूहले इसेवा एप्स डेभलप गरेको हो । यसअन्तर्गत कुनै पनि मोबाइल नम्बरलाई वालेटका रूपमा प्रयोग गर्न सकिन्छ । त्यसमा रहेको पैसालाई अर्को मोबाइलमा पठाउन, बिजुली, पानी, टेलिफोनको महसुल भुक्तानी गर्न, मोबाइल रिचार्ज गर्न, इन्टरनेटको महसुल भुक्तान गर्न, हवाई टिकट खरिद गर्न, क्रेडिट कार्डमा रकम जम्मा गर्न, स्कुल कलेजको शुल्क बुझाउन तथा बजारमा किनमेल गर्न यसको प्रयोग गर्न सकिन्छ । कम्पनीले यसका लागि देशभर एजेन्टको सञ्जाल बिस्तार गरेको छ । यसको सदस्य बनेपछि ई-सेवामा एउटा खाता खुल्छ । ई-सेवाले वस्तु तथा सेवा बिक्रीस्थलमा स्विप मेसिन जडान गरेको हुन्छ । ती स्थानमा सेवा उपभोग वा वस्तु खरिद गरेबापत ई-सेवाका सदस्यले आफ्नो खाताबाट रकम ट्रान्सफर गर्न सक्छन् । सर्वसाधारणले ई-सेवाका रजिस्टर्ड सदस्यलाई रकम टप-अप गर्छन् । यसरी टप-अप गर्दा एजेन्टको बैंक खातामा रहेको रकम सदस्यको ई-सेवामा रहेको खातामा सर्छ ।

नेपाली बजारमा नयाँ कम्पनीका रूपमा इजी पेले सेवा प्रारम्भ गरेको लगभग एक वर्ष हुन लागेको छ । इजी पे रसियाको सिटी टेलिकम्युनिकेसन तथा विङस सोलुसनको एसोसिएटेड कम्पनी हो । २५ भन्दा बढी देशमा सफलताका साथ सेवा विस्तार गरिसकेको इजी पेले नेपालमा पनि इलेक्ट्रोनिक पेमेन्ट सेवा प्रारम्भ गरेको हो । यसको सेवा लिन यो साइटमा गएर लग इन गर्नुपर्छ । त्यसपछि निश्चित पासवर्ड प्राप्त हुन्छ र एउटा खाता खुल्छ । उक्त  खातामा आवश्यक मात्रामा पैसा जम्मा गर्न सकिन्छ । त्यसपछि आफुले तिर्नुपर्ने विभिन्न स्थानमा पैसा तिर्न धाइरहनु पर्दैन । यही कम्पनीमार्फत नै पैसा तिर्न सकिन्छ । इजी पेले नेपाल टेलिकम, डिसहोम, ब्रोडलिंक तथा प्रभु मनी ट्रान्सफरसँग पार्टनरसिप गरिरहेको छ । पेमेन्टसित सम्बन्धित सबै काम, युटिलिटी बिल, टिकटजस्ता अत्याबश्यक सबै काम अनलाइन र मोबाइलबाटै सम्पन्न गर्न सकिन्छ । नेपाल टेलिकमका कुनै पनि बिल इजी पेकै सहायतामा तिर्न सकिन्छ । ब्यालेन्स ट्रान्सफर, इ-टिकेटिङ, आइएसपीहरूका लागि बिल पेमन्ट, मनी ट्रान्सफर  र खानेपानी तथा विद्युत्को महसुल भुक्तानीजस्ता कार्य पनि यसैमार्फत गर्न सकिन्छ । इजी पेको योजना भविष्यमा मोबाइल वालेट र अन्य क्षेत्रमा समेत काम गर्ने छ ।

तपाईंसँग एन्ड्रोइड वा आइफोनको अलि माथिल्लो भर्सनको मोबाइल सेट छ र एससिटी कार्ड छ ? तर तपाईंको नजिक एससिटी कार्डको बुथ छैन भने पनि अब चिन्ता गर्नुपर्दैन, तर यसका लागि इन्टरनेट कनेक्सन भने हुनु आवश्यक छ । त्यसो भए विभिन्न प्रकारको सपिङ गर्न सकिनेछ ।

हाललाई केही रेस्टुराँमा यो सेवा प्रारम्भ भैसकेको छ । यसमा क्युएफएक्स सिनेमा हल, हाम्रो बस डट कम तथा वेब सर्फर डट कमको सेवा पनि प्रयोग गर्न सकिन्छ । अहिले एटीएम कार्डका रूपमा एससिटी कार्ड पनि प्रयोग हुँदै आएको छ । स्मार्टच्वाइस टेक्नोलोजिज अर्थात् एससिटीले नै एससिटी कार्ड डिजाइन गरेको हो । स्मार्टच्वाइस टेक्नोलोजिज तथा फोकसवान पेमेन्ट सोलुसनले संयुक्त रूपमा नयाँ प्रकारको मोबाइल पेमेन्ट सिस्टमका रूपमा 'एससिटी मोको' लाई नेपाली बजारमा उपलब्ध गराएका हुन् । अब आफ्नो मोबाइल फोन त्यही एससिटी डेबिट कार्डसँग लिंक हुनेछ र आफ्नो खल्तीको मोबाइल सेट पनि एउटा थप प्लास्टिक कार्ड वा वालेटका रूपमा विकसित हुनेछ । मोको नाम दिइएको यो एप्लिकेसनलाई आफ्नो स्मार्टफोनमा डाउनलोड गरेर युजर नेम तथा पासवर्ड राख्न सकिन्छ । त्यसबाहेक ४ अंकको पिन नम्बर पनि प्रत्येक प्रयोगकर्तालाई उपलब्ध गराइन्छ । त्यसपछि जुनसुकै समयमा पनि यसको प्रयोग गरी आवश्यक मात्रामा आर्थिक कारोबार गर्न सकिन्छ । अब नेपालमा मोबाइल वालेटको एउटा नयाँ नाम बनेको छ- एससिटी मोको । छोटकरीमा यसलाई मोको पनि भनिन्छ । यसको सहयोगले टेलिफोन, मोबाइल तथा विभिन्न प्रकारको युटिलिटी बिल तिर्न सकिन्छ ।

हेलो पैसा अर्को सुपरिचित नाम हो । यसका लागि त झन् पाँचवटा वित्तीय संस्थाले सहकार्य गरेका छन् । पछि यसमा अन्य संस्थासमेत थपिँदै जाने बताइएको छ । यो प्रविधिअन्तर्गत एउटा मोबाइल नम्बरलाई ग्राहकको खाता नम्बरका रूपमा विकास गरिन्छ । ग्राहकले एक-अर्काको नेटवर्कमा रकम पठाउन र लिन सक्छन् । यसअन्तर्गत कुनै बैंकका ग्राहकले नेपालभित्रै कुनै ठाउँमा रकम पठाउन चाहे रकम पाउने व्यक्तिको मोबाइल नम्बर र रकम उल्लेख गरेर एसएमएस पठाउनुपर्छ । त्यसपछि बैंकले उक्त एसएमएस सही भए नभएको जाँच्न तुरुन्तै पठाउनेको मोबाइलमा कल ब्याक गर्छ । त्यसपछि बैंकले आफ्नो ग्राहकलाई दिएको गोप्य पिन नम्बर भन्नुपर्छ । पिन नम्बरकै आधारमा व्यक्तिले सही एसएमएस पठाएको हो-होइन पत्ता लाग्छ र कारोबार गरिन्छ । रेमिट्यान्सका लागि हेलो पैसा बढी उपयोगी हुने अनुमान गरिएको छ ।

आइपे अर्को एउटा अनलाइन सपिङ साइट हो । आइपेको एकाउन्टमा निश्चित रकमको खाता खोले त्यसलाई आफूले चाहेअनुसारको विभिन्न क्षेत्रमा खर्च गर्न सकिन्छ । ग्राहकले यसलाई डिजिटल डाउनलोडदेखि लिएर अरू धेरै क्षेत्रमा खर्च गर्न सक्छन् । यो सबै कार्य अनलाइन रूपमै सम्पन्न हुन्छ ।

बन्द  हुँदै प्लाज्मा टिभी

एलजी कम्पनीले चालू नोभेम्बर महिनाको अन्त्यदेखि प्लाज्मा टिभीको उत्पादन सधंैका लागि बन्द गर्ने घोषणा गरेको छ । अन्य सबै कम्पनीले प्लाज्मा टिभीको उत्पादन बन्द गरिसकेका छन् । एलजी मात्र यस प्रकारको टिभी उत्पादन गर्ने अन्तिम कम्पनी थियो । त्यससँगै प्लाज्मा टिभीको उत्पादन अब बन्द हुनेछ । एलजीले अब आफूले एलइडी र ओएलइडी टिभीको उत्पादनमा जोड दिने बताएको छ । बिक्रीमा कमी आउनु तथा उपभोक्ताहरूले पनि यस्ता टिभीमा कम चासो राखेका कारण यो निर्णय गर्नुपरेको कम्पनीले बताएको छ ।

केही महिना पहिले सामसुङले पनि यस्तै घोषणा गरेको थियो । त्यसैगरी पानासोनिकले गत वर्ष नै यस्तै घोषणा गरेको थियो । कुनै समय प्लाज्मा टिभीले राम्रो बजार लिएको थियो । सन् २००८ मा यो प्रविधिको टिभी सर्वाधिक बढी बिक्री भएको थियो । त्यसयता कम हुँदै अहिले यसको बजार लगभग ठप्पजस्तै छ ।

तेस्रो नम्बरमा जिओमी

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी 'जिओमी इन्क' विश्वकै तेस्रो ठुलो स्मार्टफोन निर्माता कम्पनी भएको छ । स्ट्राटिजी एनालिटिक्स नामक बजार अनुसन्धा संस्थाले गरेको  अध्ययनले उक्त तथ्य प्रस्तुत गरेको हो । जुलाई-सेप्टेम्बर महिनामा विश्वभरि ३२ करोड थान स्मार्टफोन बिक्री भएकोमा ६ प्रतिशत हिस्सा जिओमीको थियो । शीर्ष स्थानमा सामसुङ र एप्पल छन् । उक्त अवधिमा सामसुङको बजार २५ प्रतिशत तथा एप्पलको १२ प्रतिशत थियो ।

जिओमी  चीनको घरेलु बजारमा शीर्ष स्थानमा छ । केही महिना पहिले यो भारतमा बिक्री हुन थालेको थियो ।  छोटो समयमै बढेको लोकप्रियताका कारण जिओमीले भविष्यमा अझ राम्रो बजार लिने अपेक्षा धेरैको छ ।

गणेशमानसम्बन्धी वेवसाइट

लौहपुरुष तथा सर्वमान्य नेता गणेशमान सिंहको जन्मशताब्दीको अवसरमा नयाँ वेबसाइट ganeshmanfoundation.org लन्च गरिएको छ । यो वेबसाइट ब्रेन डिजिट आईटी सोलुसनले निर्माण गरेको हो । प्रजातन्त्रका शिखर पुरुष गणेशमान सिंहको जन्मशताब्दीका अवसरमा बे्रन डिजिटले यो वेबसाइट गणेशमानसिंह फाउन्डेसनलाई उपहारस्वरूप प्रदान गरेको छ । गणेशमान फाउन्डेसनको अनुसन्धान कार्यमा  सहयोग एवं विद्वत्वृत्ति तथा सामाजिक कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले यो वेबसाइट निर्माण गरिएको ब्रेन डिजिट आईटी सोलुसनका बिजनेस डेभलपमेन्ट निर्देशक नितेश गोर्खालीले बताएका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik