साप्ताहिक संवाददाता
एचटीसी वन एम-८
एचटीसीको यो मोडलको फोन एन्ड्रोइड ओएस भी ४ दशमलव ४ किट्क्याट भर्सनमा अपडेट हुन्छ । सुपर एलसीडी टचस्क्रिनसहितको यो फोनलाई ५ ललिपप भर्सनमा समेत अपडेट गर्न सकिन्छ । २ दशमलव ५ गिगाहर्ज क्वाडकोर प्रोसेसरसहितको यो फोनमा २ जीबी र्याम छ । यसमा १६ जीबीको इन्टर्नल मेमोरी छ भने यसको क्षमता १ सय २८ जीबीसम्म बढाउन सकिन्छ । यो फोनको सबैभन्दा उत्कृष्ट फिचर नै क्यामेरा मानिएको छ । यसमा ड्युल ४ एमपीको प्राइमरी तथा ५ एमपीको सेकेन्डरी क्यामेरा छ । यो फोनको गेम, मुभि, फोटो, ब्राउजिङ आदि उत्कृष्ट मानिन्छ । क्यामेरा स्पिड, डिजाइन तथा ब्याट्री समेत उत्कृष्ट भएको यो फोनमा टुजी, थ्रीजी तथा फोरजी नेटवर्क सपोर्ट हुन्छ । गएको मार्च १४ मा सार्वजनिक गरिएको यो फोन १सय६० ग्रामको छ । ५ इन्चको डिसप्ले युक्त यो फोनमा २६०० एमएएच क्षमताको व्याटी जडित छ ।
आइफोन-६
गुगलमा सर्वाधिक खोजीको सूचीमा पहिलो स्थानमा छ आईफोन-६ । गत सेप्टेम्बरमा सार्वजनिक भएको एप्पलको पछिल्लो उत्पादन आईफोन-६ ले यो वर्ष निकै चर्चा पायो । यसमा टुजी, थ्रीजी तथा फोरजी सिम सपोर्ट हुन्छ । १ सय २९ ग्रामको यो फोनमा फिंगर प्रिन्ट सेन्सरको समेत सुविधा छ । १६, ६४ तथा १२८ जीबीमा उपलब्ध आईफोन-६ मा १ जीबी र्याम छ । ८ एमपीको प्राइमरी क्यामेरा र १.२ एमपीको सेकेन्डरी क्यामेरा जडित यो फोनमा फोटो आकर्षणका लागि विभिन्न सुविधा उपलब्ध छन् । आइओएस-८ मा अपडेट हुने आइफोन-६ मा १.४ गिगाहर्ज सीपीयू छ । यसको ब्याट्री क्षमता १८१० एमएपी छ ।
एलजी जी थ्री
वर्ष २०१४ मा गुगलमा सर्वाधिक खोजीको सूचीमा छैटौं स्थानमा छ एलजीको जीथ्री फोन । गत जुन महिनामा सार्वजनिक भएको यो फोनको डिस्प्लेलाई नमुना डिस्प्ले मानिन्छ । यसमा क्युएचडी स्क्रिन छ । फ्याब्लेटका रूपमा समेत सुपरिचित यो फोनमा ५ दशमलव ५ इन्चको स्क्रिन छ । माइक्रो सिम सपोर्ट गर्ने यो फोनमा पनि टुजी, थ्रीजी तथा फोरजी नेटवर्क सपोर्ट हुन्छ । यसमा २ जीबी र्याम तथा १६ जीबी इन्टर्नल मेमोरी छ । यो फोनमा १३ एमपी प्राइमरी तथा २ दशमलव १ एमपीको सेकेन्डरी क्यामेरा जडान गरिएको छ । यो सेट एन्ड्रोइड ओएस भी ४.४.२ किटक्याट् भर्सनमा अपडेट हुन्छ । २ दशमलव ५ गिगाहर्ज क्वाडकोर सीपीयूले युक्त यो फोनमा ३००० एमएएच क्षमताको ब्याट्री छ ।
सामसुङ ग्यालेक्सी नोट-४
गुगलको सर्वाधिक खोजी गरिएका प्रोडक्टहरूको सूचीको पाँचौं स्थानमा छ सामसुङ ग्यालेक्सी नोट-४ । गत अक्टुवरमा सार्वजनिक भएको यो फोनमा पनि टुजी, थ्रीजी तथा फोरजी नेटवर्क सपोर्ट हुन्छ । १ सय ७६ ग्रामको यो फोनमा फिंगरप्रिन्ट सेन्सरसहित ५.७ इन्चको सुविधा छ । यो फोनमा ३ जीबी र्याम तथा ३२ जीबी इन्टर्नल मेमोरी छ । यसको मेमोरी १२८ जीबीसम्म बढाउन सकिन्छ । यो फोनमा १६ एमपीको प्राइमरी तथा ३ दशमलव ७ एमपीको सेकेन्डरी क्यामेरा छ । यो सेट एन्ड्रोइड ओएस भी ४.४.४ किटक्याट भर्सनमा अपडेट हुन्छ । २दशमलव७ गिगाहर्ज क्वाडकोर सीपीयू रहेको यो फोनमा ३२२० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।
आइफोन-६ प्लस
आइफोन-६ सँगै सार्वजनिक भएको यो फोनमा पनि टुजी, थ्रीजी तथा फोरजी नेटवर्क सपोर्ट हुन्छ । नानो सिम सपोर्ट हुने यो सेटमा फिंगरप्रिन्ट सेन्सरको सुविधा छ । १ सय७२ ग्रामको यो फोनको डिस्प्ले ५ दशमलव ५ इन्चको छ । १६, ६४ तथा १सय २८ जीबीमा उपलब्ध यो फोनमा १ जीबी र्याम छ । ८ एमपीको प्राइमरी तथा १ दशमलव २ एमपीको सेकेन्डरी क्यामेराले युक्त यो सेटआइओएस ८ मा अपडेट हुन्छ यो फोनमा ड्युलकोर १.४ गिगाहर्ज साइक्लोन सीपीयू छ भने यसमा २९१५ एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।
सोनी एक्सपेरिया जेड-३ कम्प्याक्ट
नानो सिम सपोर्ट हुने यो स्मार्टफोनमा टुजी, थ्रीजी तथा फोरजी नेटवर्क सपोर्ट हुन्छ । गत सेप्टेम्वरमा सार्वजनिक गरिएको यो स्मार्टफोनमा शटर प्रुफ ग्लास प्रोटेक्सनको सुविधा छ । २ जीबी र्याम तथा १६ जीबी इन्टर्नल मेमोरीले युक्त यो सेटमा १२८ जीबीसम्म मेमोरी पावर बढाउन सकिन्छ । यो स्मार्टफोनमा २० दशमलव ७ एमपी प्राइमरी तथा २ दशमलव २ एमपी सेकेन्डरी क्यामेरा छ । एन्ड्रोइड ओएस भी ४.४.४ किट्क्याट भर्सनमा अपडेट हुने यो फोनमा २६०० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।
नेक्सस-६
गुगलले सार्वजनिक गरेको यो वर्षको सर्वाधिक खोजी गरिएको इलेक्टोनिक्स अन्तर्गत तेस्रो स्थानमा छ नेक्सस-६ । गुगलको यो फोनमा २ दशमलव ७ गिगाहर्ज क्वाडकोर प्रोसेसर छ । ३२ जीबी तथा ६४ जीबी मेमोरी भर्सनमा उपलब्ध यो फोनमा ३ जीबीको र्याम छ । १३ एमपी क्यामेराले युक्त यो फोनमा ६ इन्चको डिस्प्ले छ । ३२२० एमएएच क्षमताको ब्याट्रीजडित यो फोनमा जीपीएस, एक्सलेरोमिटर, गाइरस्कोप, म्याग्नेटोमिटर, लाइट सेन्सर, ब्यारोमिटर आदि सुविधा समेत उपलब्ध हुन्छ ।
सोनी एक्सपेरिया जेड-३
गत सेप्टेम्बरमा सार्वजनिक भएको यो फोनमा पनि टुजी, थ्री तथा फोरजी नेटवर्क सपोर्ट हुन्छ । नानो सिम लाग्ने यो सेटमा ५ दशमलव २ इन्चको डिस्प्ले छ । १ सय५२ ग्रामको एक्सपेरिया जेड-३ मा ३ जीबी र्याम छ । १६ तथा ३२ जीबीको इन्टर्नल मेमोरी भर्सनमा उपलब्ध सोनी एक्सपेरिया जेड-३ मा १२८ जीबीसम्म मेमोरी बढाउन सकिन्छ । यसमा २० दशमलव ७ एमपीको प्राइमरी क्यामेरा तथा २ दशमलव २ एमपीको सेकेन्डरी क्यामेरा छ । एन्ड्रोइड ओएस भी ४.४.४ किटक्याट भर्सनमा अपडेट हुने यो फोनमा २.५ गिगाहर्ज क्वाडकोर सीपीयू छ । यो फोनमा ३१०० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।
मोटो एक्स २०१४
मोटोरोला कम्पनीको यो स्मार्टफोन आकर्षक मोडलको छ । नानो सिम सपोर्ट हुने यो फोन गत सेप्टेम्वरमा सार्वजनिक भएको हो । १४४ ग्रामको यो फोनमा २ जीबी र्याम छ । १६ तथा ३२ जीबी मेमोरी भर्सनमा उपलब्ध यो फोनमा कर्निङ गोरिल्ला ग्लास ३ प्रोटेक्सन सुविधा छ । १३ एमपी क्षमताको प्राइमरी तथा २ एमपीको सेकेन्डरी क्यामेरा जडित यो फोन एन्ड्रोइड ओएस भी ४.४.४ किटक्याट भर्सनमा अपडेट हुन्छ । यो स्मार्टफोनमा २.५ गिगाहर्ज क्वाडकोर सीपीयू छ । सेतो एवं कालो रंगमा उपलब्ध यो फोनमा २३०० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।
वन प्लस वन
बजार विस्तारलाई तीव्रता दिइरहेको यो फोन पछिल्लो समय धेरैको रोजाइमा पर्न सफल छ । माइक्रो सिम सपोर्ट हुने यो सेटमा पनि टुजी, थ्रीजी तथा फोरजी नेटवर्क सपोर्ट हुन्छ । गत जूनमा बजारमा आएको यो फोन १६२ ग्रामको छ । ५ दशमलव ५ इन्चको डिस्प्ले युक्त यो सेटमा कर्निङ गोरिल्ला ग्लास ३ प्रोटेक्सन छ । ३ जीबी र्यामको यो फोन १६ तथा ६४ जीबी भर्सनमा उपलब्ध छ, तर यसमा कार्ड स्लट भने छैन । १३ एमपीको प्राइमरी तथा ५ एमपीको सेकेन्डरी क्यामेरा जडित यो फोन एन्ड्रोइड ओएस भी ४.४.२ किटक्याट भर्सनमा अपडेट हुन्छ । यो स्मार्टफोनमा ३१०० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।