प्रतिमा, इमेलबाट
यस्ता समस्यामा नेटवर्क नदेखिने, आफैं disconnect हुने भन्दा बाहेक कहिलेकाहीँ इन्टरनेट नै नचल्ने, इन्टरनेट कनेक्सन आफैं बन्ने वा automatically इन्टरनेट जडान नै नभैदिने समस्या देखा पर्छन् ।
सबैभन्दा पहिले आफू मोबाइल वा अन्य डिभाइस नेटवर्कको वाईफाई राउटरको रेन्जमा छ-छैन हेर्नुपर्ने हुन्छ । जसलाई एक्सेस प्वाइन्ट पनि भनिन्छ । त्यसपछि ios को सेटिङ भन्ने ट्यापमा गएर वाईफाई ON छ भने Off गरेर ON गर्नुपर्छ । त्यतिबेला सिग्नल पूरा देखाउँछ कि देखाउँदैन हेर्नुहोस् । यदि वाईफाईको सिग्नल मधुरो छ भने वाईफाईको राउटर वा DSL मोडेम विद्युतीय सकेटमा राम्रोसँग जडान भएको छ कि छैन, हेर्नुपर्ने हुन्छ । यदि त्यहाँ Power राम्रोसँग turned on छ भने ISP वा सिस्टम administrate को सहायता लिनुपर्ने हुन्छ ।
होइन भने फेरि एकपटक ष्यक लाई रिस्टार्ट गर्नुहोस् । त्यसपछि माथि भनिएजस्तै सेटिङमा गएर (i) भनिने आइकनलाई क्लिक गरेर फरगेट द नेटवर्कमा क्लिक गर्नुहोस् । अब नेटवर्क सर्च गर्नुहोस् । आफूले कनेक्ट गर्न खोजेको नेटवर्कमा सेलेक्ट गर्नुहोस् । यतिबेला वाईफाईसँग जोड्न पासवर्डको आवश्यकता पर्न सक्छ । यसबाहेक तपाईंले आफ्नो ष्यक सफ्टवेयरलाई समय समयमा अपडेट पनि गरिरहनुपर्ने हुन्छ ।