- स्मिता, इमेलबाट
यसका लागि iPad मा रहेको sleep/wake लाई केही सेकेन्डसम्म थिचिरहनुहोस् । त्यसपछि iPad ले एउटा डायलग बक्स खोल्छ जसमा आफूलाई power off गर्ने अप्सन दिन्छ । अब उक्त डायलग बक्सलाई स्लाइड गर्नुहोस् बायाँबाट दायाँतर्फ । त्यसपछि तपाईंलाई रिबुट गर्ने अप्सन दिनेछ । अब ष्एबम लाई रिबुट गर्न सकिन्छ । यदि यसो गर्दा आइप्याड ह्याङ भयो भने sleep/wake र home बटन दुवैलाई एकसाथ केही समयका लागि थिच्नुपर्छ । यसले आइप्याडलाई सटडाउन गर्छ । यतिबेला iPad को स्क्रिनमा गोला चित्रहरू देखिन्छ, जसको अर्थ iPad busy छ भन्ने बुझिन्छ । बिस्तारै आइप्याड सटडाउन हुँदै जाँदा त्यसको स्क्रिन कालो हुँदै जान्छ । त्यसपछि फेरि केही समयका लागि sleep/wake बटन थिच्नुहोस् । यसले आइप्याडलाई फेरि रिबुट गर्न मद्दत गर्छ । जब स्क्रिनमा एप्पलको लोगो देखिन थाल्छ, तब सिस्टम रिबुट भएको बुझिन्छ ।