• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
ह्याप्पी वर्थ डे फेसबुक लोकप्रियतासँगै आम्दानी पनि बढ्यो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी बलामी

ह्याप्पी वर्थ डे फेसबुक लोकप्रियतासँगै आम्दानी पनि बढ्यो
माघ २३, २०७१
अघिल्लो बुधबार फेसबुकले एघारौं वर्थ डे मनायो । हावर्ड विश्व विद्यालयका विद्यार्थी मार्क जुकरबर्गले सन् २००४ फेब्रुअरी ४ देखि सामाजिक सञ्जाल (फेसबुक) सञ्चालनमा ल्याएका थिए । मार्कले आफ्ना साथीहरू एकबोर्डाे साभरिन, डस्टिन मोस, रक्रिस ह्युसजेसका साथ सञ्चालन गरेको यो सञ्जाल अहिले विश्वभर लोकप्रिय छ । हाल विश्वभर १ अर्व ३९ करोडले फेसबुक प्रयोग गर्छन् । करिब ४० लाख नेपालीले फेसबुक चलाउँछन् । फेसबुककै तथ्यांक केलाउने हो भने पनि करिब १ अर्बभन्दा बढीले मोबाइल एप्सबाट फेसबुक चलाउँछन् । दैनिक ८९ करोड प्रयोगकर्तामध्ये ५२ दशमलव ६ करोडले मोबाइलबाट फेसबुक चलाउँछन् ।

फेसबुकले जनाएअनुसार कुल फेसबुक प्रोफाइलमध्ये १० प्रतिशत झूटा छन् भने ३ करोड फेसबुक प्रोफायल मृत्यु भैसकेकाहरूका छन् । विश्वको कुल जनसंख्याको २० प्रतिशतले फेसबुक चलाउने फेसबुकको दाबी छ । २०१४ मा फेसबुकले ७० करोड १० लाख अमेरिकी डलर मुनाफा कमाएको छ । समग्रमा हेर्दा २०१४ को वाषिर्क आम्दानी २ अर्ब ९० करोड पुगेको छ जुन सन् २०१३ को तुलना करिव दोब्बर हो । उक्त अवधिमा विज्ञापनबापत आउने राजश्वमा ५३ प्रतिशतले वृद्धि भएको छ ।

विश्वभरका वेबसाइटहरूका बारेमा जानकारी दिने एलेक्साका अनुसार विश्वभर सवैभन्दा बढी चलाइने वेबसाइटहरूको दोस्रो स्थानमा फेसबुक छ । फेसबुक र गुगलबीच कडा प्रतिस्पर्धा हुने गरेको छ । गुगल र फेसबुक एकले अर्काेलाई पालैपालो उछिन्ने गरेका छन् । नेपालमा भने सवैभन्दा बढी चलाइने साइटमा फेसबुक पहिलो स्थानमा छ । नेपालमा गुगलले फेसबुकलाई उछिन्न सकेको छैन ।

नेपालमा सर्वाधिक लाइक गरिएका मिडिया पेजहरू

बीबीसी नेपाली

१५,६५,३१८

इकान्तिपुर

१३,८०,८१२

रेडियो कान्तिपुर

१०,१२,६४७

नागरिकन्युज

८,७७,६३१

उज्यालो नाइन्टी नेटवर्क

६,४५,६०५

न्यूज २४

५,५०,७०३

साप्ताहिक

(कान्तिपुर पब्लिकेसन्स)

४,४८,०२९

अनलाइनखबर

४,४०,३४३

कालिका एफएम

४,१४,५५७

अन्नपूर्ण पोष्ट

२,६३,०२५

नेपालमा सर्वाधिक लाइक गरिएका फेसबुक पेजहरू

वलिउड न्युज

२३,३८,६२४

उदित नारायण अफिसियल

१९,३९,३२०

बीबीसी नेपाली

१५,६५,३१८

इकान्तिपुर

१३,८०,८१२

डिसी नेपाल

१२,००,१७१

रेडियो कान्तिपुर

१०,१२,६४७

नागरिकन्यूज

८,७७,६३१

एनसेल

८,२३,०४६

साझा सवाल

७,९६,०२९

यम बुद्ध

७,८८,२३६

अनलाइन रुचाउने ८० प्रतिशतसँग स्मार्टफोन

सधैं अनलाइन रहन रुचाउने युवाहरूमध्ये ८० प्रतिशतसँग स्मार्टफोन छ । वेरेबल ग्याजेट बजारमा आउने क्रम बढिरहे पनि युवाहरूमा त्यस्ता ग्याजेटप्रतिको आकर्षणमा कमी आएको छ । ग्लोबल वेब इन्डेक्सले विश्व बजारका ३२ स्थानका १ लाख ७० हजार युवामा गरेको सर्वेक्षणले उक्त तथ्य प्रस्तुत गरेको हो । त्यसैगरी ९ प्रतिशतसँग स्मार्टवाच र ७ प्रतिशतसँग स्मार्ट रिस्टब्यान्ड छ । स्मार्टफोन भएका युवाहरूको यो संख्याले पर्सनल कम्प्युटर भएका युवाहरूको संख्यालाई अझै उछिन्न सकेको छैन । त्यस्ता युवामध्ये ९१ प्रतिशतसँग पर्सनल कम्प्युटर छ । त्यसैगरी मोबाइलमा इन्टरनेट प्रयोग गर्नेहरू ७५ प्रतिशत छन् । सन् २०१२ मा एक दिनमा मोबाइलमा ४० मिनेट बिताउने युवाहरू हाल १ घण्टा ९ मिनेट बिताउन थालेका छन् ।

सुनको एन्टेना, मोबाइल नेटवर्क कभरेज दुई गुणा

के तपाईंको मोबाइलको नेटवर्क राम्रो छैन वा बोल्दाबोल्दै फोन काटिन्छ ? पिर नमान्नुस्, अब मोबाइलमा फोन नसमात्ने र नसुनिने दिनको अन्त्य हुन लागेको छ । मोबाइलमा राम्रो फोन नटिप्नेे समस्याको सामाधान एप्पल कम्पनीले ल्याउन लागेको घोषणा गरिएको छ, तर यो सुविधा सबै फोनमा नहुने एप्पलले जनाएको छ । यो सुविधा लिन एप्पलको आइफोन सिक्स तथा सिक्स प्लस नै हुनुपर्ने बताइएको छ । आइफोन सिक्स र आइफोन सिक्स प्लसलाई बाहिरबाट छोप्ने कभरमा एक विशेष प्रकारको एन्टेना जडान गरिएको हुनेछ, जसले फोनको नेटवर्क कभरेज आफैं दुई गुणाभन्दा बढी वृद्धि गर्नेछ । त्यसका लागि कुनै अलग एप्लिकेसन चलाउनुपर्ने वा एन्टेना तन्काइ रहनुपर्ने छैन । यसका अतिरिक्त फोन कभरले ब्याट्रीलाई टिकाउ बनाउनुका साथै फोनको डाटा आगमन गतिलाई समेत तीव्र पार्नेछ । यो मोबाइल कभरको उत्पादन भने एप्पल आफैंले नभै अर्कै सहयोगी कम्पनीले गर्नेछ । न्यूनतम ६० डलर मूल्यको 'रिच सेभेन्टिनाइन' नामक आइफोन कभरमा सुनको पातलो एन्टेना जडान हुने कम्पनीले उल्लेख गरेको छ, तर उक्त कभर भने प्लास्टिकको हुने उत्पादक कम्पनी इन्सिनिटासका प्रमुख कार्यकारी निर्देशक डेभिड भिजिलले बताएका छन् ।

स्मार्ट फोन जतिसुकै पातलो र हलुको हुँदै गए पनि राम्रो आवाज नटिप्ने, टावर हराउने, नेटवर्कसँगको सम्बन्धविच्छेद हुने समस्या रहँदै आएको छ । यद्यपि अब प्लास्टिकको कभरमा आउने सुनको एन्टेनाले आइफोन र नेटवर्कबीचको सम्बन्ध आफै स्थापित गर्नेछ । आइफोनलाई थप प्रभावकारी बनाउने यस्तो विशेष खालको कभरको हालै मात्र लसभेगासको विद्युतीय सामग्री प्रदर्शनी मेलामा प्रदर्शन गरिएको थियो, तर अध्ययनकर्ता वाल्ट मोसवर्गले राजधानी वासिङ्टन डिसीका विभिन्न ठाउँमा गरिएको प्रयोगात्मक अध्ययन-प्रतिवेदन प्रस्तुत गर्दै उक्त विशेष खोलले कुनै ठाउँमा राम्रै काम गरेको, कुनै ठाउँमा अलि-अलि मात्र मदत गरेको त कुनै ठाउँमा केही फरक नपारेको उल्लेख गरेका छन् ।

— भोला महतो

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik