माघ २३, २०७१
समीर, इमेलबाट
तपाईंले आफ्नो एन्ड्रोइड फोनमा गुगलको hangouts इन्स्टल गर्नुभएको रहेछ । गुगलको hangouts ले इन्स्ट्यान्ट म्यासेजहरूबाहेक एसएमएस म्यासेजहरूलाई पनि व्यवस्थित गर्छ । Hangouts इन्स्टल गर्दा नै सोधिएको हुन्छ, SMS म्यासेजलाई पनि इनेवल गर्ने कि नगर्ने भनेर, त्यतिबेला तपाईंले SMS म्यासेजलाई इनेबल गर्ने भनेर रोज्नुभएको हुनुपर्छ । अब ती एसएमएस म्यासेजलाई गुगलको hangouts बाट डिजेबल गर्न गुगल hangouts खोल्नुपर्छ । मेनुमा क्लिक गरेपछि गुगल hangouts को सेटिङ देखिनेछ । उक्त सेटिङभित्र टर्न अन अथवा टर्न अफ एसएमएस भन्ने अप्सन हुन्छ । यसरी गुगलको hangouts बाट एसएमएस सुविधालाई डिजेबल गर्न सकिन्छ । यदि तपाईंले एन्ड्रोइड फोनजस्तै नेक्सस फाइभ प्रयोग गर्नुभएको छ भने त्यसको सेटिङमा एसएमएस इनेबल वा एसएमएस डिजेबल देखिन्छ ।