न्युरोडमा सम्पन्न 'मोबाइल कार्निभल' तथा सुन्धाराको सिटिसी मलमा जारी 'मोबाइल एक्स्पो'मा लागेको भीडले नै युवाहरूमा मोबाइलसम्बन्धी क्रेज छर्लङ्ग हुन्छ । दुवै ठाउँमा अवलोकनकर्ताको उत्तिकै भिड देखिन्छ । 'हामीलाई अचम्म लागिरहेको छ, ३ लाख अनुमान गरेकोमा ७ लाखभन्दा बढीले एक्स्पो अवलोकन गरिसकेका छन् ।' सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दीप मान श्रेष्ठले भने । उता न्युरोडको अवस्था पनि त्यस्तै छ । 'भीड व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो ।' टेली टुका अध्यक्ष परुषोतम बस्नेतले भने ।
न्युरोडमा जारी 'मोबाइल कानिर्भल-२०१५' मा भेटिएकी स्वयम्भूकी सजना वाग्लेले मेलामा बढी छुट पाइने भएकाले अवलोकन गर्न आएको बताइन् । 'मेलामा अलि बढी छुट पाइन्छ, त्यसैले मोबाइल फेर्न मेला नै कुरेर बस्छु ।' उनले भनिन् । सबै कुरा बुझ्न पाइने भएकाले पनि मेलामै उपयुक्त हुने उनको धारणा छ । 'हरेक कम्पनीका बारेमा बुभmन सहज हुन्छ, त्यसैले पनि यस्तो मेला बेलाबखत भैरहनुपर्छ,' वाग्लेले थपिन् ।
सुन्धाराको सिटिसी मलमा जारी मोबाइल एक्स्पोमा मोबाइल छानिरहेका विकास महर्जन पछिल्लो समय सस्तो मूल्यमा सुविधासम्पन्न मोबाइलहरू भित्रिन थालेको बताउँछन् । 'अहिले सुविधासम्पन्न फोनसँग साक्षात्कार गर्न सकिन्छ । मेलामा सबै ब्रान्डका बारेमा बुझेर आफूले चाहेजस्तै फोन किन्न पाइन्छ,' महर्जनले भने । बाहिर किन्दा ठगिने सम्भावना भए पनि मेलामा तीव्र प्रतिस्पर्धाका कारण त्यस्तो समस्या नहुने उनको बुझाइ छ । व्यवसायीहरूबीचको तीव्र प्रतिस्पर्धाले पनि छुट र अफर सार्वजनिक गर्ने लहर चलेको छ । यसले पनि उपभोक्ताहरूलाई केही राहत मिल्ने व्यवसायीहरू बताउँछन् ।
अहिले नेपाली बजारमा १ हजारदेखि १ लाखसम्मका मोबाइल/स्मार्टफोनहरू उपलब्ध छन् । नेपालमा मोबाइलको वाषिर्क करिब १० अर्बभन्दा बढीको कारोबार हुने गरेको बताइन्छ । दुवै मेलामा गरी दसांै हजार सेट बिक्री भएका छन् । पछिल्ल्ाो समय मोबाइलमा भन्दा .पनि स्मार्टफोनको क्रेज बढ्दो छ । थोरै मूल्यमा सुविधायुक्त फोनहरू आयात हुन थालेपछि हरेकको हातहातमा स्मार्टफोन पुगेको छ । कतिपयमा त आफूलाई मन पर्ने ब्रान्डको नयाँ मोडल आउनेबित्तिकै किनिहाल्ने बानी परेको छ ।
छुट र उपहारको लहर
सुन्धारास्थत सिटिसी मलको बजार शुभारम्भको अवसर पारेर 'सूचना प्रविधि नयाँ आधार, सबैको सिटिसी मोबाइल बजार' भन्ने नारासहित 'सामसुङ जे १ मोबाइल एक्स्पो' चलिरहेको छ । २२ जना व्यवसायीले संयुक्त रूपमा सञ्चालनमा ल्याएको यो मोबाइल बजारमा सस्तो मूल्यमा सुविधायुक्त मोबाइल उपलब्ध गराइने अध्यक्ष सन्दीपमान श्रेष्ठले बताए । वैशाख ५ गतेसम्म सञ्चालन हुने यो एक्स्पोमा १० वटा मोबाइल कम्पनीका सर्भिस सेन्टर, सयवटा मोबाइल पसलका साथै फुडकोर्टको सुविधा पनि छ ।
एक्स्पोमा ८ देखि ५५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । प्रत्येक दिन ५ वटा मोबाइल लक्की ड्रमार्फत वितरण गर्दैछ । त्यसैगरी एसएलसी दिएर बसेका विद्यार्थीहरूका लागि विशेष स्किम पनि राखिएको छ । एक्स्पोमा सहभागी रेज मोबाइलले २२ वटा मोडलको कारोबारमा एउटा ल्यापटप ब्याग, १६ जीबीसम्मको मेमोरी कार्ड, ८ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । त्यसैगरी माइक्रोम्याक्सले गिफ्ट, प|mी मेकअप र छुट आदि सुविधा दिएको छ भने सामसुङ, कार्बन, जियोनी, पानासोनिक आदि कम्पनीले पनि विभिन्न आकर्षक छुट र अफरहरू राखेका छन् । कलर्सले ५ सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्म नगद उपहार प्रदान गर्ने बताएको छ । सेल्कन, बर्ड आदिलेे पनि आकर्षक छुट तथा अफर योजना अघि सारेका छन् ।
मोबाइल हबका रूपमा परिचित ताम्राकार कम्प्लेक्स, पिपुल्स प्लाजा, पाको, न्युरोडमा सम्पन्न मोबाइल कार्निभलमा पनि छुट र अफरको प्रतिस्पर्धा चल्यो । मेला सम्पन्न भए पनि वैशाख १५ गतेसम्म छुट र अफरहरू कायम रहने टेली टकका अध्यक्ष पुरुषोतम बस्नेतले जानकारी दिए । ५ हजारभन्दा बढी मोबाइल सेट बिक्री भएको कार्निभलमा सामसुङ, हुवावे, कलर्स, जियोनी, इन्टेक्स, डिटिसी, सोनी, माइक्रोम्याक्सजस्ता ब्रान्ड बढी बिक्री भएको बताइन्छ । २ सयभन्दा बढी पसल तथा शोरुम रहेको न्युरोड क्षेत्रमा मात्र करिब २५ भन्दा बढी मोबाइल ब्रान्डका सर्भिस सेन्टर छन् ।
मनोरञ्जनको रौनक
मोबाइल मेला अवलोकन गर्न आउनेहरूका लागि मनोरञ्जनको समेत व्यवस्था छ । विभिन्न्ा खेलकुद र कन्सर्टमार्फत अवलोकनकर्ताहरूको ध्यान आकषिर्त गर्ने क्रममा फुटसल तथा क्रिकेट प्रतियोगिता एवं विभिन्न्ा ब्यान्डको लाइभ प्रस्तुतिले मेलामा रौनक थपेको छ । 'मेलामा आउनेहरूले मनोरञ्जन पनि गरून् भनेर यस्ता कार्यक्रम राखिएको हो,' सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले भने ।
नयाँ मोडल
मोबाइल मेलामा सामसुङ, माइक्रोम्याक्स, बर्ड, रेज, जियोनी, कलर्स, हुवावे, कार्बन, इन्टेक्सजस्ता थुप्रै कम्पनीले विभिन्न सुविधासहितका नयाँ मोडलका फोनहरू सार्वजनिक गरेका छन् । यसका साथै मोबाइल नयाँ-नयाँ किसिमको एसेसरिज, ट्याब्लेट र
पmयाब्लेटहरू पनि सार्वजनिक गरिएका छन् ।
Pitara.com
पिटारा डटकममा बिद्यार्थीका लागि आवश्यक सामग्री राखिएको छ । यो साइटमा उपलब्ध सामग्री अध्ययन गरी विद्यार्थीले आफ्नो ज्ञानलाई बढाउन सक्छन् । यसमा विभिन्न विधाका जानकारी उपलब्ध छन् । साइन्स सेक्सनमा प्लानेट अर्थ, लिभिङ वल्र्ड, टेक्नोलोजी, साइन्स क्विज आदिको जानकारी दिइएको छ । त्यसैगरी फिक्सन सेक्सनमा विभिन्न स्टोरी, पोयम आदिको जानकारी उपलब्ध हुन्छ । नन-फिक्सन सेक्सनमा बालबालिकासँग सम्बन्धित लेख, बायोग्राफी, फेस्टिभल, कोट्स आदि छन् । यो साइटमा आर्ट तथा फेस्टिभलसम्बन्धी क्विजहरू पनि हल गर्न सकिन्छ ।
अनलाइन रुचाउने ८० प्रतिशतसँग स्मार्टफोन
सधैं अनलाइन रहन रुचाउने युवाहरूमध्ये ८० प्रतिशतसँग स्मार्टफोन छ । वेरेबल ग्याजेट बजारमा आउने क्रम बढिरहे पनि युवाहरूमा त्यस्ता ग्याजेटप्रतिको आकर्षणमा कमी आएको छ । ग्लोबल वेब इन्डेक्सले विश्व बजारका ३२ स्थानका १ लाख ७० हजार युवामा गरेको सर्वेक्षणले उक्त तथ्य प्रस्तुत गरेको हो । त्यसैगरी ९ प्रतिशतसँग स्मार्टवाच र ७ प्रतिशतसँग स्मार्ट रिस्टब्यान्ड छ । स्मार्टफोन भएका युवाहरूको यो संख्याले पर्सनल कम्प्युटर भएका युवाहरूको संख्यालाई अझै उछिन्न सकेको छैन । त्यस्ता युवामध्ये ९१ प्रतिशतसँग पर्सनल कम्प्युटर छ । त्यसैगरी मोबाइलमा इन्टरनेट प्रयोग गर्नेहरू ७५ प्रतिशत छन् । सन् २०१२ मा एक दिनमा मोबाइलमा ४० मिनेट बिताउने युवाहरू हाल १ घण्टा ९ मिनेट बिताउन थालेका छन् ।