जैविक कम्प्युटिङ प्रणालीलाई उल्लेख गर्नुभन्दा पहिले जीवनको आधारभूत तत्व डीएन्एका बारेमा बुझनु आवश्यक हुन्छ । डीएनए कम्प्युटिङ प्रणालीले खबौर्ंको हिसाबकिताब पनि निमेषभरमा समाधान गर्न सक्छ । त्यस्तै जैविक प्रणालीमा आधारित डीएनए कम्प्युटरले पनि अनगिन्ती जटिल समस्याको सरल समाधान गर्न सक्छ । यसको उदाहरणस्वरूप हालै गेम खेल्ने पहिलो जीवाणुविक यन्त्र निर्माण भएको छ । इन्जाइम -जीवित कोषद्वारा उत्पन्न स्राव) बाट सञ्चालन हुने टिक-ट्याक-टो नामक यो यन्त्र कोलम्बिया युनिभर्सिटीका मिलान स्टोजानभिकले डिजाइन गरेका हुन् । अचेलका इलेक्ट्रोनिक कम्प्युटरमा देखिने डिजिटल लजिक सर्किट्सको सट्टा नयाँ प्रविधिमा जैविक कोषहरूले काम गरेको हुन्छ । यसै वर्षको फेब्रुअरीमा संसारको सबैभन्दा सानो जैविक कम्प्युटिङ यन्त्र निर्माण गरेको थियो ।
त्यस्तै वैज्ञानिकहरू जैविक कम्प्युटरले अहिलेको सिलिकन वा माइक्रोचिप्सलाई परास्त गर्ने कुरामा पनि शंका व्यक्त गर्छन् । सिलिकन कम्प्युटरमा जैविक स्नायु र कोषलाई चिप्ससँग सम्पर्क गराउने कुरामा अहिले शोधहरू भैरहेकोछ । जीवाणविक कम्प्युटिङसँग मिल्दोजुल्दो भए पनि त्यसको वास्तविक प्रकृतिचाहिं डीएनएसँग मिल्नु अहिलेको मुख्य इस्यु हो । यो प्रविधिले जीवविज्ञानको विश्लेषण गर्दै कम्प्युटरलाई पनि त्यसैगरी सोच्न लगाउँछ । जैविक इन्दि्रयजन्य तत्वहरू, दिमाग, शरीरको प्रतिरक्षा प्रणाली, मानवीय विकासक्रम, विभिन्न प्राणी, कीरा आदिका सम्बन्धमो अध्ययन भैरहेको छ । यसको अझ विस्तृत जानकारीका लागि वायो इन्र्फोमेटिक्स पढ्नु उपयुक्त हुन्छ ।