• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
भूकम्पपीडितको उद्धार कसरी ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. सूदन झा

भूकम्पपीडितको उद्धार कसरी ?
जेष्ठ २२, २०७२
वैशाख १२ गतेको महाभूकम्पपछि सारा विश्वको ध्यान नेपालमा केन्द्रित भयो । भूकम्पबाट पीडित परिवार तथा प्रभावित क्षेत्रसम्म कसरी पुग्ने र त्यो ठाउँमा गई कसरी उद्घार गर्ने भन्नेतर्फ पनि आईटीसँग सम्बन्धित विज्ञहरूको ध्यान पनि गयो । एक प्रकारले यो भूकम्पले आईटी क्षेत्रमा काम गर्नेहरूलाई पीडितहरूको उद्धारका लागि नयाँ तरिकाहरू खोज्नसमेत बाध्य तुल्यायो ।

भूकम्पपछिको अवस्थामा विज्ञहरूलाई प्राय: जसो सडक, भवन, आदिको सही नाप नक्सा नै पत्तो लगाउन गाह्रो भैरहेको अवस्था थियो भने, त्यसमाथि सही स्थान र Longitude Latitude पत्ता लगाउन नै उनीहरूका लागि सबैभन्दा ठूलो चुनौती हुन पुग्यो । प्राय: जसो प्रभावित क्षेत्रहरूमा जीआईएस ९न्क्ष्क्० मै सीमित रहेर काम गर्न सकिने अवस्था वा त्यसैमा निर्भर हुने वातावरण थिएन । यस्ता कतिपय ठाउँ गुगलको म्यापमा पनि पूर्णरूपले अवलोकन गर्न सकिने अवस्था थिएन । यस्तै बेला विश्वभरिका स्वयम्सेवकहरूले आफैं जागरुक भएर एउटा डिजिटल नक्सा निर्माण गरे । जसलाई ‘मानवीय ओपन स्ट्रीट म्याप’ अर्थात् ज्इत् नामाकरण गरियो । यो अनलाइन प्रविधिमा उद्धारकर्मीहरूले त्यस्ता क्षेत्रहरू देख्न पाउने भए जहाँ हेलिकोप्टर वा स–साना विमानहरूलाई सुरक्षित अवतरण गराउन सकियोस् र उद्घार सामग्री पुर्‍याउन सकियोस् । यति मात्र नभै उनीहरूले ती ठाउँ नजिकै रहेका गाउँबस्तीहरूका बारेमा पनि म्यापमार्फत नै ब्रोडकास्ट गर्न थाले । यसले यति ठूलो चर्चा पायो कि नेपाल आउने बाहिरी (भारत बाहेक) मुलुकका प्राय: सबै उद्धारकर्मीहरूले यो म्यापको प्रयोग गरे । उनीहरूले यो म्याप प्रयोग गर्दै ७२ घण्टाभित्रै भूकम्पले क्षतिग्रस्त बनाएको ३० हजारभन्दा बढी घरहरू पत्ता लगाई ज्इत् मा अपलोड गरे ।

यो कामको प्रशंसा गर्दै गिर्दोतले तधभभत गरेका छन्— ज्इत् ले दिएको सुरुवाती डाटा अत्यन्त उपलब्धिमूलक रह्यो र यसले नेपाललाई सहयोग गर्न चाहने धेरै बाहिरी मुलुकलाई निकै सहज भएको थियो । यो अभियानद्वारा अन्यौलको वातावरणलाई लगभग ८० दशमलव ५ प्रतिशतले घटाएको देखियो । ब्ल्याक गिर्दोत ज्इत् का उपाध्यक्ष हुन् ।

यो अभियानको एउटा महत्वपूर्ण पक्ष भनेको यसले अब आउने वा सम्भावित क्षेत्रको पनि पहिचान गरी त्यसको आँकलन सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा अन्य सम्बन्धित निकायलाई दिनु हो । विश्व बैंकले नेपाललाई सबैभन्दा संवेदनशीलको सूचीमा राखिसकेको अवस्थामा ज्इत् ले भूकम्प वरिपरिका क्षेत्रहरूलाई आफ्नो डिजिटल म्यापमा समावेश गरी त्यसलाई सर्वसाधारणदेखि सम्बन्धित निकायसम्म पुर्‍याउने काम थालिसकेको छ । तपाईं–हामीले पनि यो वेबसाइटमा गएर त्यस्तो कुनै ठाउँ छ जुन ओझेलमा परेको छ भने त्यसमा एउटा क्लिक गरे पुग्छ । तपाईंको एउटा क्लिकका आधारमा त्यो जानकारी ज्इत् ले आफ्ना म्यापमा रूपान्तरण गर्छ । यो अभियानअन्तर्गत अहिलेसम्म ३ हजार किलोमिटरभन्दा बढी सडक र १ लाखभन्दा बढी घरहरूको म्यापिङ भैसकेको छ ।

यसले राहत वितरण गर्ने ठाउँ पत्ता लगाउन सजिलो हुनेदेखि लिएर दुर्गम क्षेत्रसम्म पुग्ने सजिलो नक्सा पनि उपलब्ध गराएको छ । यदि तपार्इं पनि आफ्नो क्षेत्र वरिपरिका त्यस्ता अप्ठ्यारा ठाउँहरूका बारेमा जानकारी दिन चाहनुहुन्छ भने कृपया <http://mapgive.state.gov/>  मा गएर आफ्नो ठाउँ रोज्नुस् र क्लिक गर्नुहोस् । त्यसपछिको सबै काम ज्इत् म्यापिङ सिस्टमले गर्छ । अझै पनि काठमाडौं र वरिपरिका क्षेत्रहरूमा कम्पन महसुस भैरहेकाले यसले जनहितका लागि एउटा वेब पोस्ट नै जारी गरेको छ– ‘एक क्लिकमा भूकम्पपीडितको उद्घार’ ।

अहिले यो संस्थाले काठमाडौंभरि त्यस्ता थुप्रै स्वयंसेवकको माग गरेको छ, जसले आधा घण्टामा उद्घार प्रक्रियामा सहभागिता जनाउन सकून् । यसका लागि <http://www.fastcoexist.com/3045527/one-way-you-can-help-nepal-right-now-all-you-need-is-a-computer-and-a-little-time> मा क्लिक गर्न सकिन्छ ।

सरफेस प्रो–३

भोला महतो

एपलको आइप्याड र म्याकबुकको प्रतिस्पर्धी डिभाइसका रूपमा माइक्रोसफ्टको ‘सरफेस प्रो–३’ ट्याबलेट आउने भएको छ । ‘सरफेस प्रो–३’ ट्याबलेट भए पनि यसलाई सजिलै ल्यापटपमा परिणत गर्न सकिने माइक्रोसफ्टले जनाएको छ । ‘सरफेस प्रो–३’ मा १ सय २९ डलर (१२ हजार ९ सय रुपैयाँ) मूल्य पर्ने किबोर्ड जोडेपछि सजिलैसँग ल्यापटपमा परिणत हुनेछ । विन्डोज सिस्टममा आधारित १० दशमलव ८ इन्च डिस्प्ले रहेको सरफेस प्रो–३ ट्याबलेट विद्यार्थी र पर्यटनमा निस्किएका उपभोक्ताहरूका लागि विशेष ‘बजेट डिभाइस’ हुने कम्पनीले जनाएको छ ।

यसअघि सार्वजनिक भएको सरफेस प्रो ट्याबलेटभन्दा ‘सरफेस प्रो–३’ ट्याबलेट अझै सानो इन्टेल प्रोसेसर चिपयुक्त छ । यसमा अगाडि ३ दशमलव ५ मेगापिक्सेल र पछाडि ८ मेगापिक्सल क्षमताको क्यामेरा जडान गरिएको छ । यसको ब्याट्री १० घन्टासम्म चल्छ ।

दुई मोडलमा उपलब्ध ‘सरफेस प्रो–३’ को पहिलो मोडलको मूल्य ४ सय ९९ डलर छ भने दोस्रो मोडलको मूल्य ५ सय ९९ डलर छ । ‘सरफेस प्रो–३’ को वजन १.३७ एलबीएस र मोटाइ ८ दशमलव ७ मिलिमिटर छ । यसमा इन्टेल एटोम एक्स–७ प्रोसेर, २ जीबी ऱ्याम तथा ६४ जीबी स्टोरेज छ जुन माइक्रोसफ्टको विन्डोज ८.१ सिस्टमबाट चल्छ ।

तस्बिर र भिडियो स्टोर गर्न ...

असीमित तस्बिर र भिडियोका कारण स्पेसको समस्या भएकाहरूका लागि गुगलको फोटोज एप उपयोगी हुन सक्छ । गुगलले प्रत्येक वर्ष गर्ने गुगल डेभलपर्स कन्फ्रेन्स केही दिन पहिले सम्पन्न भयो । उक्त कन्फ्रेन्समा गुगल फोटोज नामक एप्सको घोषणा गरिएको हो । यसलाई एन्ड्रोइड र आइओएस दुवैमा प्रयोग गर्न सकिन्छ । यसमा नि:शुल्क रूपमा तस्बिर तथा भिडियो स्टोर गर्न सकिन्छ अनि ती तस्बिर र भिडियोहरू क्लाउडमा समेत सिधै स्टोर हुन्छन् । ती तस्बिर र भिडियो फुल रिजोल्युसनमा उपलब्ध हुन्छन् । यद्यपि यसको उच्चतम गुणस्तरको भने सीमितता हुन्छ । तस्बिर १६ मेगापिक्सेल र भिडियो १ हजार ८० पिक्सेलभन्दा बढी हुनुहुँदैन ।

गुगल डुडलमा नेपाल

गुगलले आफ्नो ‘डुडल’ मार्फत नेपालका भूकम्पपीडितहरूप्रति सहानुभूति व्यक्त गरेको छ । गत जेठ १५ गते नेपालको गणतन्त्र दिवसको अवसरमा कम्पनीले स्वयम्भू, स्तूपा र प्यागोडा शैलीका नेपालसम्बन्धी विभिन्न चित्र प्रस्तुत गर्दै श्रद्धाञ्जलीसमेत व्यक्त गरेको थियो । उक्त अवसरमा गणतन्त्र दिवसका अवसरमा शुभकामनासमेत प्रदान गरिएको थियो ।

शान्तिको प्रतिकका रूपमा रहेको नेपालमा हालै गएको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको उल्लेख गर्दै गुगलले नेपाली जनताले यो अवस्थाबाट पार पाइरहेको बताएको छ भने नेपाली जनता प्रेरणाका धनी भएको जनाएको छ । सर्च इन्जिनका रूपमा लोकप्रिय गुगलले समय समयमा विभिन्न अवसर पारेर यस्ता डुडल निर्माण गर्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik