• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
यौन जीवनमा सोसल मिडिया
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

यौन जीवनमा सोसल मिडिया
जेष्ठ ३२, २०७२
सोसल मिडियाको बढ्दो प्रयोगका कारण मानिसको सेक्स लाइफमा असर पुग्न थालेको छ। हिजोआज धेरै कामकाजी जोडीले स्मार्टफोन तथा ट्याब्लेटलाई आफ्नो शयन कक्षसम्म पनि पुर्‍याउँछन्। यसका कारण उनीहरूको यौन जीवनमै असर पुगिरहेको छ। भारतका प्रख्यात यौन विशेषज्ञ डा. प्रकाश कोठारीले यसका कारण मानिसको यौनप्रतिको रुचिमा कमी आउने समस्या बढिरहेको बताएका छन्। सोसल मिडियामा डुबिरहने भएकाले यस्तो भएको उनको भनाइ छ। डा.कोठारी भन्छन्– कार्यालयको कामको बोझ घरमा पनि ल्याउने र आफ्नो जोडीसँग फुर्सदको समय नबिताउने भएकाले यस्तो भएको हो। अक्सफोर्ड युनिभर्सिटीले हालै गरेको अध्ययनले पनि सोसल मिडियामा अरूका बारेमा रोमान्चक कुरा पढ्नेहरूले आफ्ना बारेमा भने निराश अनुभव गरेको पाएको थियो। नेपालमा यसका वारेमा छुट्टै अध्ययन नगरिएको भए पनि सोसल मिडियाले धेरैमा नकारात्मक प्रभाव पारेका समाचार भने आइरहेका हुन्छन्।

जून महिना : एक सेकेन्ड बढी

तपाईंको जन्मदिन जून ३० हो भने तपाईंले यो वर्ष एक सेकेन्ड बढी समय जन्मदिन मनाउन पाउनुहुनेछ। यसको अर्थ यो वर्षको जून महिना एक सेकेन्ड बढी समयको छ। यस पटक घडीले ११ बजेर ५९ मिनेट ५९ सेकेन्ड बजेपछि सीधै १२ नबजाएर ११ मिनेट ५९ सेकेन्ड ६० सेकेन्ड पश्चात् बल्ल १२ बजाउनेछ। पेरिस अब्जर्भेटरीले त्यसको घोषणा गरिसकेको छ। यसलाई लिप सेकेन्ड भनिन्छ। १०७२ देखि अहिलेसम्म २६ पटक घडीमा लिप सेकेन्ड जोडिएको छ। पृथ्वीको घुम्ने शक्ति अर्थात् रोटेसनमा विस्तारै कमी आइरहेको छ। फ्रान्सस्थित इन्टरनेसनल अर्थ रोटेसन सर्भिसका वैज्ञानिकहरूले पृथ्वीको रोटेसनको निगरानी गरिरहेका छन्। उनीहरूले आवश्यकताअनुसार समयमा फेरबदल पनि गर्छन्।

पृथ्वीको समय तथा आणविक समयलाई मिलाउन यसो गरिन्छ। यसका कारण विश्वका सफ्टवेयर कम्पनीहरूको समेत ध्यान तानिएको छ। सन् २०१२ मा पनि लिप सेकेन्ड जोड्दा धेरै कम्पनीका सफ्टवेयर क्र्यास भएका थिए। यद्यपि यो वर्ष सफ्टवेयर कम्पनीहरूले पहिले नै सचेतता अपनाएकाले त्यस्तो समस्या देखा पर्ने सम्भावना भने छैन।

स्काइपबाट सित्तैमा फोन

स्काइपबाट अब नेपाल टेलिकम र एनसेलका सिममा सित्तैंमा फोन गर्न सकिन्छ। यसबाट विदेशमा समेत फोन गर्न मिल्छ। दुवैतिर इन्टरनेट भएको अवस्थामा पहिले पनि फोन गर्न सकिने सुविधा थियो जसमा डाटा शुल्क लाग्थ्यो, तर अब भने फोन गर्नेको मोबाइलमा इन्टरनेट भएपछि फोन उठाउनेको मोबाइलमा इन्टरनेट नभए पनि हुने भएको छ। स्काइपले यो नयाँ व्यवस्था लागु गरे पनि फोन गर्नेको नम्बर स्क्रिनमा नदेखिने भएकाले सुरक्षाको दृष्टिकोणले भने यसलाई केही जटिल मानिएको छ।

भग्नावशेष उठाउने मेसिन

दाङको घोराहीका दुई युवा गोपाल रोका र शंकर सुनारले मानिसको हातले जस्तै ढुंगा माटो र इँटालाई सुरक्षित रूपमा उठाएर राख्न सक्ने रोबोटिक आर्मको निर्माण गरेका छन्। यसको सहयोगले भूकम्पपछिको भग्नावशेषलाई सुरक्षित रूपमा उठाउन र राख्न सकिन्छ। यसका कारण भग्नावशेष खोतल्दा पुरिएका जीवित मानिसको ज्यान जान जोगाउन सकिने सम्भावना पनि रहन्छ।

रोबोटिक आर्मले हाइड्रोलिक प्रणालीबाट काम गर्ने भएकाले मानिसको हातले जस्तै काम गर्छ। त्यसैले यसको नाम रोबोटिक आर्म अर्थात यन्त्र भुजा राखिएको हो। रोका तथा सुनारले पहिले पनि सोलार कार, चोर पत्ता लगाउने यन्त्र, मोडल अफ जेनेरेटर, रेन गज आदिको निर्माण गरेका छन्। लगानी नभएकाले उनीहरूले ती सबै मेसिनका नमुना मात्र बनाएका छन्।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik