साप्ताहिक संवाददाता
लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्सले आफ्ना ग्राहकहरूको सेवालाई ध्यानमा राखेर एसएमएस सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवाबाट ग्राहकहरूले कुनै पनि ब्रान्डको मोबाइलका बारेमा मूल्यसहितको जानकारी प्राप्त गर्न मेसेज बक्समा मोबाइलको ब्राण्ड नेमको पहिलो तीन अक्षर टाइप गरी स्पेस (खाली ठाउँ) र मोडल नम्बर टाइप गरी ३२३३ मा एसएमएस गर्नुपर्ने हुन्छ । (उदाहरणका लागि सामसुंगको जे सेभेन मोडलका बारेमा जानकारी लिनुपरेमा SAM J7 टाइप गरेर 3233 मा पठाउनुपर्नेछ) । कुनै पनि मोबाइल खरिदकर्ताले आफ्नो फोनबाट ३२३३ मा एसएमएस गरी विभिन्न ब्रान्ड र मोडलका मोबाइल फोनहरूका बारेमा जानकारी, फिचर, खरिद मूल्य आदिको जानकारी प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी कम्प्लेक्सले मोबाइल सर्भिस सेन्टरलाई थप व्यवस्थित गर्दै मोबाइलको समस्या समाधान गरिसकेपछि फोनबाटै जानकारी दिने सुविधा पनि सञ्चालनमा ल्याएको छ । यो सुविधाअन्तर्गत ग्राहकहरूले आफ्नो फोन बनेको र लिन आउने मितिका बारेमा जानकारी प्राप्त गर्न सक्छन् । त्यसका लागि ग्राहकहरूले सर्भिस सेन्टरमा आफ्नो नाम र मोबाइल नम्बरसहितको जानकारी फर्म भर्नुपर्ने हुन्छ । कम्प्लेक्सले नेपालकै सबैभन्दा ठूलो र हरेक प्रकारका मोबाइलको समस्या समाधान गर्ने सर्भिस सेन्टर संचालन गर्दै आएको छ । यो सर्भिस सेन्टरमा अन्यत्र कतै बनाउन नसकिएका फोनहरू पनि बनाउन सकिने दाबी गरिएको छ ।