• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
क्यान कमटेकमा नयाँ प्रविधि
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी बलामी

क्यान कमटेकमा नयाँ प्रविधि
आश्विन ३, २०७३

 

आइपी टिभीको उदय

नेपाली बजारमा आइपी टिभी प्रविधि भित्रिएको छ । कमटेकमार्फत वल्र्डलिंक, भायनेट तथा ब्रोडलिंकले आइपी टिभी भित्र्याएका हुन् । ब्रोडलिंकले फाइवर प्रविधिबाट आइपी टिभी विस्तार गर्नुका साथै इन्टरनेट र भ्वाइस कल पनि उपलब्ध गराएको छ । त्यस्तै वल्र्डलिंकले ल्याएको आइपी टिभीमा ३० भन्दा बढी एचडी च्यानल तथा एक सयभन्दा बढी डेफिनेसन च्यानल हेर्न सकिन्छ ।

त्यसैगरी भायनेटले नेटटिभीसँग सहकार्य गरी भायनेट नेटटिभी उपलब्ध गराएको छ । त्यस्तै वेबसर्फरले पनि विभिन्न केवल टिभीसँगको सहकार्यमा टिभीनेट ब्रान्डिङ गरेको छ । इओसी प्रविधिमार्फत यो सेवा प्रदान गरिनेछ । सुविसुले पनि आइपी टिभी भित्र्याउने तयारी गरिरहेको छ ।

जेडटिई ब्लेड एस–६

पछिल्लो समय आक्रामक रूपमा बजार विस्तार गरिरहेको जेटिईले नयाँ मोडल ब्लेड एस ६ फोन सार्वजनिक गरेको छ । ५ इन्चको आइपीएस क्यापासिटिभ टचस्क्रिन भएको यो फोनमा १.५ गिगाहर्जको अक्टाकोर क्वालकोम प्रोसेसर छ । २ जिवी र्‍यामको यो फोनमा १६ जिवी इन्टरनल स्टोरेज क्षमता छ । यसलाई ६४ जिवीसम्म विस्तार गर्न सकिन्छ ।

 

यो स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । ५.०.१ ललिपप अपरेटिङ सिस्टममा चल्ने यो फोनमा २४०० एमएएचको ब्याट्री क्षमता छ । फोरजी सपोर्ट गर्ने यो फोनले २ वटा न्यानो सिम सपोर्ट गर्छ । यसको मूल्य १५ हजार ९ सय ९० रुपैंया पर्छ ।

 

सामसुङ ग्यालेक्सी जे–७

सामसुङले हालै बिश्व बजारमा आएको नोटको ७ प्रदर्शन गरेको छ । सामसुङको ग्यालेक्सी जे–७ फोन पनि नेपाली बजारमा उपलब्ध छ । १.६ गिगाहर्ज अक्टाकोर प्रोसेसरको यो फोनमा २ जिबीको र्‍याम तथा १६ जिबीको इन्टरनल स्टारेज क्षमता छ । यसलाई १ सय २८ जिबीसम्म एक्सपान्ड गर्न सकिन्छ ।

 

१३ मेगापिक्सेलको रियर तथा ५ मेगापिक्स्ेलको फ्रन्ट क्यामेरा जडित यो फोनमा ३,३०० एमएएच क्षमताको ब्याट्री छ । एन्ड्रोइड ६.०.१ मा अपडेट हुने यो स्मार्टफोनको स्क्रिन ५.५० इन्चको छ । त्यसैगरी जे फाइभमा १.२ क्वाडकोर प्रोसेसर तथा २ जिबी र्‍याम छ ।

 

भिक्लाउड पोइन्ट

विद्यालय तथा सानो बिजनेसका लागि लक्षित गरी सर पावरले भिक्लाउड प्वाइन्ट बजारमा ल्याएको छ । यसअन्तर्गत सर्भर र होस्ट कम्प्युटरमा एप्स राखिन्छ र नेटवर्कमार्फत हरेक व्यक्तिको नेटवर्कमा जोडिन्छ । यसरी नेटवर्किङ गर्दा एउटा युजरको फाइल अर्काे युजरले हेर्न सक्छ ।

 

यो सिस्टममार्फत विद्यालयका प्रधानाध्यापकले कुन विद्यार्थीले के गरिरहेको छ भन्ने कुरा थाहा पाउन सक्छन् । एउटा आइफाइभ कम्प्युटरको मद्दतले ३० वटा वर्किङ स्टेसन बनाउन सकिन्छ । यसबाट विद्युत खपत समेत कम हुने कम्पनीको दाबी छ । यसका साथै आइपी नयाँ किसिमका क्यामेरा, पिओइ स्विच, साइनोलोजी, सर्भिलेक्स आदि पनि नेपाली बजारमा 

भित्रिएका छन् ।

 

एञ्जल बाइनरी टोटल सेक्युरिटी

रसियन कम्पनीको सहयोगमा नेपालीहरूले बनाएको एञ्जल बाइनरी टोटल सेक्युरिटी पनि नेपाली बजारमा भित्रिएको छ । यसबाट प्यारेन्टल कन्ट्रोल, फायरवाल इरेजर, सिस्टम अप्टिमाइजर, मेल प्रोटेक्सन, स्टार्टअप म्यानेजर, युएसवी रिपियर टुल आदि छन् । नेपाली उत्पादन भएकाले यसको गाइड पनि नेपालीमै तयार पारिएको छ । 

 

प्रिमियम एभी इन्टरनेट सेक्युरिटी

भारतीय ब्रान्ड प्रिमियम एभीको इन्टरनेट सेक्युरिटी नेपाली बजारमा सार्वजनिक गरिएको छ । यो बिश्वकै सवैभन्दा थोरै स्पेश लिने एन्टीभाइरस भएकाले यसबाट कम्प्युटर स्लो नहुने कम्पनीको दावी छ । यसका मुख्य विशेषता आइटिपी टेक्नोलोजी, डिभाइस कन्ट्रोल तथा अटोमेटिक अपटेड हुन् ।

 

नयाँ राउटरहरू

नेटिसका एमडब्लू ५२३०, डब्लूएफ २७१०, डब्लूएफ २७८० राउटर पनि नेपाली बजारमा भित्रिएका छन् । यी राउटरमार्फत छिटो डाउनलोड, इन्टरनेट फोन तथा एचडी भिडियो स्ट्रिमिङ गर्न सकिन्छ । त्यस्तै डब्लुएफ २५०५ मोडलको वायरलेस हाइपावर युएसवी एडेप्टर पनि सार्वजनिक भएको छ । त्यस्तै टोटोलिंकका राउटरहरू पनि नेपाली बजारमा उपलब्ध हुन थालेका छन् ।

 

राउटर ब्याट्री ब्याकअप

बेल्ट्रोनिक्सले राउटर ब्याट्री ब्याकअप उपलब्ध गराउन थालेको छ । लोडसेडिङका समयमा पनि सोलार चार्जबाट ५ घण्टासम्म ब्याट्री ब्याक अप दिने कम्पनीले दावी गरेको छ । इन्भरटर ब्याट्री नहुँदा पनि यसको प्रयोगबाट इन्टरनेट चलाउन सकिन्छ । यसमा नेपालमै डिजाइन र एसेम्वल गरिएको लिथियम इयन प्रयोग गरिएको छ । सोलार प्यानल तथा बत्तीसहित यसको मूल्य ९ हजार रुपैयाँ पर्छ । यो कम्पनीले अमेरिकन ब्रान्ड इटनको युपिएस पनि बजारमा उपलब्ध गराएको छ । 

 

वायरलेस लेजर प्रिन्टर

नेपाली बजारमा ब्रडर ब्रान्डका वायरलेस लेजर प्रिन्टर भित्रिएको छ । वायरलेस लेजर प्रिन्टरको मूल्य २० हजार ५ सय रुपैयाँ पर्छ । त्यस्तै ब्रडरकै डुप्लेक्स लेजर प्रिन्टरको मूल्य १५ हजार ५ सय रुपैंया पर्छ । त्यस्तै हालै सर्वजनिक वायरलेस लेजर मल्टिफंसन पनि सार्वजनिक भएको छ । यसबाट प्रिन्ट, फोटोकपी, स्क्यान तथा फ्याक्स गर्न मिल्छ । यो वायरलेस लेजर प्रिन्टरको मूल्य ३२ हजार रुपैंया पर्छ ।

जीपीएस भेहिकल ट्रयाकिङ

सवारी साधन चोरी तथा दुर्घटना नियन्त्रणका लागि जीपीएस भेहिकल ट्रयाकिङ भित्रिएको छ । ड्राइभरहरूले गर्ने बेइमानी, चोरी नियन्त्रण, पार्किङमा राख्दा अरूले चलाउने समस्या, सवारी सधानको लोकसन थाहा पाउन, सवारी साधनको विगतको अवस्था थाहा पाउन, अलर्ट म्यासेज आदिमा यो उपकरण प्रभावकारी सिद्ध हुने बताइन्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik