• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
सन् २०१७ मा हुन सक्ने साइबर हमला !
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. सूदन झा

सन् २०१७ मा हुन सक्ने साइबर हमला !
माघ २६, २०७३

 

सन् २०१७ वा त्योभन्दा अघि साइबर हमला नभएका होइनन् तर आउँदो वर्ष प्राविधिक रूपमा त्योभन्दा कडा आक्रमण हुन सक्ने सम्भावना व्यक्त गरिँदैछ । कम्प्युटर, मोवाइल तथा अन्य इलेक्ट्रोनिक्स् उपकरणहरू जति–जति एकआपसमा इन्टिग्रेड हुँदै जान्छन् त्यति नै तिनका डाटाहरू एकआपसमा सम्बन्धित हुँदै जान्छन् । 

 

ह्याकरले विभिन्न कम्प्युटर प्रणालीमा रहेका कमी–कमजोरीलाई नै समात्ने प्रयास गर्छन् र त्यसैअनुसार कम्प्युटरले बुझ्ने भाषामा प्रोग्राम लेख्न थाल्छन्, जसले उक्त सिस्टमभित्र तहल्का नै मच्चाउँछ । विगतका अनुभव नियालेर हेर्ने हो भने प्राय: ती हमला माइक्रोसफ्ट विन्डोजमै केन्द्रित हुन्थे, तर हालको स्थिति अलिकति फरक छ । माइक्रोसफ्टले आफ्ना कमी–कमजोरीहरूलाई निमिट्यान्न पार्न करोडांै डलर लगानी गरिसकेको छ । अब उक्त सिस्टममा ह्याक गर्न पहिलेजस्तो सजिलो छैन । यसको मुख्य कारण हो— माइक्रोसफ्टले आफ्ना सिस्टममा प्रयोग हुने कम्प्युटरका कोडहरूलाई बढीभन्दा बढी सुरक्षित तुल्याएको छ जसले गर्दा यसका कोडहरू वाहिरबाट सजिलै छिर्न गाह्रो हुनेछ । यसले गर्दा ह्याकरहरूले अब सामाजिक संजाल का वेबसाइटहरूमा ध्यान केन्द्रित गर्न थालेका छन् । 

 

सन् २०१६ मा हामीले भोगेका कतिपय समस्यामध्ये धेरैजसो अपरेटिङ सिस्टममा काम गर्ने मोबाइल फोनहरूमा सुरुदेखि नै समस्या उत्पन्न भएको र ग्राहकहरूले कम्प्लेन पनि निकै गरेको सुनेकै छौ । यसको मुख्य कारण जथाभावी वायरलेसमा बसेर लगइन गर्दा आफ्नो व्यक्तिगत डाटा चोरी भए–नभएको ज्ञान नहुनु हो ।

 

इन्क्रप्सन अर्थात् डाटाको बदलिँदो स्वरूप । यो एउटा अन्तर्राष्ट्रिय स्तरको प्रविधि हो जसले प्रयोगकर्तालाई डाटा चोरी तथा दुरुपयोगबाट जोगाउन मद्दत गर्छ । यो प्रविधिबाट प्रयोगकर्ताले आफ्नो वास्तविक डाटा के हो थाहा पाउँदैनन् । यसको बदलिँदो स्वरुपमै काम गरिदिने अन्तर्राष्ट्रिय स्तरका प्रविधि निर्माताहरूमाथि नै ठूला–ठूला कम्पनीको विश्वास नरहेको खुलासा धेरै अघि भैसकेको छ । यसले प्रयोगकर्तालाई सुरक्षित डाटा भनेर सम्झाउन गार्‍हो भएको छ । आउँदो वर्ष यस्ता इन्क्रप्टेड डाटालाई डिक्रप्टेड गराई प्रयोगकर्ताहरूको थुप्रै डाटा चोरी हुन सक्छ । 

 

अर्को खतरा भनेको सानो बजेटको सफ्टवेयर प्रयोग हुनु हो । पैसाको लोभमा परी जेनतेन काम चलाउन यस्ता साना वजेटका सफ्टवेयर प्रयोग गर्दा तिनले दूरगामी परिणाम दिँदैनन् । यिनमा कुनै पनि साधारण ह्याकरले डाटा चोरी गर्ने सम्भावना पनि उत्तिकै रहन्छ र हाम्रो नेपालमा त यस्ता सफ्टवेयरको प्रयोग व्यापक नै छ ।

 

विगतका वर्षहरूमा डाटाको कुरा चर्चामा रहन्थ्यो । तिनको सुरक्षाको पनि कुरा गरिन्थ्यो, तर अहिलेको समय बदलिएको छ । अहिले आएर डाटा मात्र यति धेरै भैसके कि तिनलाई सही र प्राविधिक तरिकाले राख्ने कुरामा विश्वव्यापी रूपमा छलफल भैरहेको छ । यस्ता डाटालाई सही तरिकाले संरक्षित गर्ने उपायको खोजी सुरु भैसकेको छ अर्थात् सही ब्याकअपको कुरा उठ्न थालेको छ । अझ काठमाडौंमै पनि २–३ वटा कम्पनीले डाटा स्टोरेजको वा भनौं ग्यारेन्टेड व्याकअप सुबिधाको व्यवसाय नै सुरु गरिसकेका छन् । यसले भविष्यमा ठूलो बजार लिने पक्का छ । 

 

अर्को महत्वपूर्ण पक्ष हो— मोबाइल मार्फत पैसा तिर्ने र प्राप्त गर्ने प्रविधि । सन् २०१६ मा यो प्रविधिको निकै चर्चा पनि भएको हो । एप्पल पेको सफलताले त ह्याकरहरूलाई थप प्रोत्साहित गरेको छ । कसैको पनि क्रेडिट वा डेबिट कार्डका डाटाहरूलाई सजिलै टार्गेट गर्ने थुप्रै प्रविधि ह्याकरहरूसँग छ ।

नेपालको सरकारी निकायहरूमा सूचना प्रविधिको प्रयोगको प्रक्रिया एवं निजी स्तरका व्यवसायिक कम्पनीहरूले प्रयोग गर्नेे सूचना प्रविधिको प्रयोगको प्रक्रियामा ठूलो भिन्नता छ । यसले गर्दा तीनमा सुरक्षाको दृष्टिकोणले पनि ठूलो भिन्नता देखिन्छ । यसले अर्थतन्त्र मा मात्र होइन, यी दुईबीचको आपसी तालमेल नहुँदा साइबर अपराध नबढ्ला भन्न सकिँदैन । 

 

बढ्दो मोबाइलको प्रयोग अनि यसको वढ्दो लोकप्रियताले प्रयोगकर्ताहरूलाई यतिसम्म एडिक्ट बनाइसकेको छ कि जथाभावी डाउनलोड गर्दा ती डाउनलोड गरिएका एपहरू कत्तिको लाभदायक छन् र तिनले प्रयोगकर्ताका पर्सनल डाटाहरू अन्यत्रको सर्भरमा स्टोर भैरहेको छ कि छैन भन्ने कुराको अत्तोपत्तो हुँदैन । यस्तो परिस्थितिमा मोबाइलमार्फत महत्वपूर्ण डाटा चोरी हुने जोखिम वृद्धि हुनु स्वाभाविक हो ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik