• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
स्मार्टफोनबाटै भाषा अनुवाद
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

स्मार्टफोनबाटै भाषा अनुवाद
चैत्र १७, २०७३

 

सबै देशमा सबै कुरा अंग्रेजी भाषामा लेखिएको हुँदैन । त्यस्तो अवस्थामा उक्त देशका बारेमा आवश्यक जानकारी प्राप्त गर्न गाह्रो हुन्छ । स्थानीय भाषा नजान्दा त्यहाा लेखिएका कुनै पनि कुरा थाहा हुँदैन । यस्तो अवस्थामा एप्स प्रयोग गरी सम्बन्धित देशको स्थानीय भाषालाई अंग्रेजी वा नेपाली भाषामा अनुवाद गरी सहज रूपमा बुझ्न सकिन्छ । स्मार्टफोनमा त्यस्ता एप्स डाउनलोड गरी यो सुविधा उपयोग गर्न सकिन्छ ।

 

गुगल ट्रान्सलेट

कुनै नयाँ सहरमा पुग्दा त्यहाँ भएका साइनबोर्डमा लेखिएको भाषा नबुझिने हुनसक्छ । यस्तो अवस्थामा गुगल ट्रान्सलेट एपले सहयोग पुर्‍याउन सक्छ । यसको प्रयोग गरेर कुनै पनि भाषालाई ३० वटा भाषामा अनुवाद गर्न सकिन्छ । जुन भाषाबाट दोस्रो भाषामा अनुवाद गर्ने हो, ती दुवै भाषाको छनोट गर्न सकिन्छ । यदि तस्बिरमा लेखिएको भाषा पनि अनुवाद गर्नुपर्ने हो भने एपमा दुवै भाषा छनोट गर्दा तलतिर क्यामेराको आइकन देखिन्छ जसमा क्लिक गर्नुपर्छ । त्यसपछि माथि दायाँतिर रहेको ग्यालरीको आइकनमा गएर आफूले छनोटका लागि खिचेको तस्बिर सेलेक्ट गर्नुपर्छ । त्यसलाई स्क्यानिङ गरिसकेपछि उक्त तस्बिरमा लेखिएको शब्दको अर्थ मोबाइलको स्क्रिनमा देखिन्छ । यसमा ट्रान्सलेटका साथ क्यामेरा ट्रान्सलेसन, इन्स्ट्यान्ट क्यामेरा ट्रान्सलेसन, क्यामेरा मोड, कन्भर्सेसन मोड तथा ह्यान्डराइटिङ मोड जस्ता विभिन्न मोड उपलब्ध हुन्छन् । गुगल ट्रान्सलेट वेबसाइटको सहयोगले टाइपिङ गरी १ सय ३ वटा भाषा तथा अफलाइन रूपमा ५२ वटा भाषा अनुवाद गर्न सकिन्छ।

माइक्रोसफ्ट ट्रान्सलेटर

माइक्रोसफ्ट ट्रान्सलेटरको सहयोगले टेक्स्ट मात्र होइन, बोलेको कुरा पनि अनुवाद गर्न सकिन्छ । यसको सहयोगले ६० वटा भाषा अनुवाद गर्न सकिन्छ । यसमा डिभाइस कनेक्ट गरेर रियल टाइममा दुई वा बढी व्यक्तिसँग भाषा अनुवाद गरी कुराकानी गर्न सकिन्छ । यो एपमार्फत तस्बिरलाई पनि अनुवाद गर्न सकिन्छ । विदेश यात्रामा रहेको समयमा त्यहाँको भाषा डाउनलोड गरी त्यसलाई अफलाइन रूपमा प्रयोग गर्न सकिन्छ । यो एपमा विभिन्न प्रकारका फ्रेज अर्थात् वाक्यांशका लागि फ्रेजबुक ट्रान्सलेसनको सुविधासमेत उपलब्ध छ, जसको गाइड पनि त्यसैमा दिइएको हुन्छ । यो एपको प्रयोग स्मार्टफोनमा मात्र नभई एन्ड्रोइड वेयर डिभाइसमा पनि गर्न सकिन्छ ।

 

क्यामेरा ट्रान्सलेट

स्मार्टफोनको क्यामेरालाई पनि अनुवादकका रूपमा प्रयोग गर्न सकिन्छ । यसका लागि क्यामेरा ट्रान्सलेट एपको सहयोग लिन सकिन्छ । यसले पनि विभिन्न ३८ वटा भाषा अनुवाद गर्न सक्छ । यसमा भएको डिफल्ट सेटिङ प्रयोग गरी आफूले बुझ्न चाहेको भाषामा अनुवाद गर्न सकिन्छ । यो एप ओपन गरेपछि स्क्रिनमा एउटा बक्स देखिन्छ । त्यसपछि आफूले अनुवाद गर्नुपर्ने शब्द, लाइन वा वाक्यमा त्यसलाई केही समय फोकस गर्नुपर्छ । यदि ठूलै वाक्य अनुवाद गर्नु छ भने उक्त तस्बिरको आकारलाई केही ठूलो बनाउनुपर्छ । त्यसपछि क्याप्चरमा क्लिक गरेपछि केही समयमै उक्त तस्बिर आफूले चाहेको भाषामा अनुवाद हुन्छ ।

 

ट्रान्सलेट भ्वाइस ट्रान्सलेटर

यो एपको सहयोगले आफ्नो भाषाको आवाज अर्थात भ्वाइसलाई अर्को भाषामा अनुवाद गर्न सकिन्छ । यो एपको सहयोगले भाषा अनुवाद गर्न कुनै टेक्स्ट टाइप गर्नुपर्दैन । यसमा ८० वटा भाषा अनुवाद गर्ने सुविधा उपलब्ध छ । यसको सहयोगले टेक्स्ट गरिएका विभिन्न भाषालाई आफ्नो भाषामा अनुवाद गर्न सकिन्छ, साथमा वर्ड सजेसन, स्पेलिङ करेक्ट जस्ता टुल पनि यो एपमा उपलब्ध छन् ।

उपरोक्त एपबाहेक इजी ल्यांग्वेज ट्रान्सलेटर, आई ट्रान्सलेटर, भ्वाइस ट्रान्सलेट फ्रीजस्ता विभिन्न प्रकारका एपसमेत उपलब्ध छन् । ती एप्स प्रयोग गरी विभिन्न भाषालाई आफूले बुझ्ने भाषामा अनुवाद गर्न सकिन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik