साप्ताहिक संवाददाता
जेष्ठ ७, २०७५
गुगलले एन्ड्रोइड ‘पी’ को बिटा भर्सन सार्वजनिक गरेको छ । गुगलले प्रत्येक वर्ष गर्ने डेभलपर कन्फ्रेन्समा यसलाई सार्वजनिक गरेको हो । यसमा विभिन्न नयाँ फिचर उपलब्ध छन् भने यसका कतिपय फिचर आइफोन एक्ससँग मिल्दाजुल्दा छन् ।
यसको नोटिफिकेसन प्यानल आइफोन एक्सको जस्तै छ अर्थात् माथिबाट तलतिर स्वाइप गर्दा आइफोन एक्स चलाएजस्तै हुन्छ । गुगलले एन्ड्रोइड पीलाई सबैभन्दा पहिले विभिन्न ११ स्मार्टफोनमा उपलब्ध गराउने कुरा बताएको छ ।
एन्ड्रोइड पीले स्मार्टफोनको ब्याट्री ब्याकअप बढाउनुका साथै प्रयोगकर्ताका लागि कुन सफ्टवेयर उपयुक्त छ भन्ने सुझाव समेत दिनेछ ।