• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
मोबाइल गेम रोमाञ्चकताको अर्को अनुभव
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

एकराज सुवेदी

मोबाइल गेम रोमाञ्चकताको अर्को अनुभव
आश्विन ३१, २०७५

 

तपाइको फेसबुकमा विभिन्न गेम खेल्न अनुरोध आउने गरेकै होला । कतिपयले त वाक्क भएर यस्ता गेम खेल्ने अनुरोध नपठाउन फेसबुक वालमै अनुरोध गरेको समेत पाइन्छ । अहिले फेसबुक तथा अन्य अनलाइन माध्यममा गेम खेल्ने प्रचलनको निकै विकास भएको छ । क्यान्डी क्रस, फार्म हिरो आदि विभिन्न गेम अनलाइन रूपमा लोकप्रिय पनि छन् । 

केही समय पहिले फेसबुकमा खेलिने गेमका आधारमा फेसबुकले एउटा अध्ययन गरेको थियो । उक्त अध्ययनअनुसार त्यतिबेला फेसबुकका १ अर्ब ३० करोड प्रयोगकर्तामध्ये ३१ करोड ५० लाख प्रयोगकर्ताले मासिक रूपमा कमसेकम एउटा गेम खेल्थे । त्यस्तै गेम खेल्न अनुरोध गर्दै पठाइने नोटिफिकेसनको संख्या पनि बढेको थियो । फेसबुक प्रयोगकर्ताले हरेक दिन ७३ करोड ५० लाख नोटिफिकेसन पठाउने फेसबुकले जनाएको थियो । खासगरी स्मार्टफोन, एन्ड्रोइड तथा डेस्कटप तीन वटै स्थानमा खेल्न मिल्ने गेमले धेरै पैसा कमाउने तथ्यांक पनि फेसबुकले सार्वजनिक गरेको थियो । 

यसरी सर्वाधिक खेलिने गेममा क्यान्डी क्रस सागाले सबैलाई उछिनेको थियो । सन् २०१२ को अप्रिलमा सोसल नेटवर्कमा लन्च भएको उक्त गेम किङ नामक कम्पनीले निर्माण गरेको हो । त्यो समयमा फेसबुकमा यो धेरै खेलिने गेम भएको थियो । यसमा एउटा खेल निश्चित लेभलसम्म खेलेपछि अर्को लेभलमा पुग्न साथीबाट अनुमति अर्थात टिकट लिनुपर्ने हुन्छ । ३ जना साथीले अनुमती पठाइदिएपछि वल्ल अर्को लेभलमा पुगिन्छ । यदि साथीहरूले टिकट पठाईदिएनन् भने त्यही अडकिएर बसिरहनु पर्छ । यसले गर्दा पनि क्यान्डी क्रस खेल्नेहरूबाट विभिन्न नोटिफिकेसन आउँथ्यो । यद्यपि अफलाइन रूपमा र किनेर पनि यो खेल खेल्न सकिन्छ । 

पछिल्लो समयमा विभिन्न प्रकारका गेम बजारमा प्रचलित छन् । यस्ता गेम मोबाइलदेखि लिएर कम्प्युटर तथा ठूला गेम  जोनसम्ममा खेल्न सकिन्छ तै पनि फेसबुकमार्फत आएका गेम खेल्नेहरू बढी हुन्छन् । पैसा हुनेहरू भिडियो गेमका लागि आवश्यक सामग्री किनेर घरमै पनि गेम खेल्छन् । नहुनेहरू गेम जोनमा गएर खेल्न सक्छन् । यस्ता गेममध्ये विशेष गरी एक्सन, एड्भेन्चर वा स्पोर्ट्स गेम नै प्रचलित भएको पाइन्छ । अफलाइन गेमका लागि यी गेम प्रचलित छन् । अनलाइन रूपमा पनि इन्टरनेटमै विभिन्न गेम खेल्न सकिन्छ । कतिपयले व्यावसायिक रुपमै पनि यस्ता गेम खेल्छन् । यद्यपि व्यावसायिक रुपमै खेल्ने खेलाडीका लागि भने इन्टरनेटको गति अलि तीव्र हुनु आवश्यक छ ।

कुनै समय स्नेक ९७ खेलेर रमाउने नवीन ध्वजु हाल गुगल प्ले स्टोरमा उपलब्ध विभिन्न मोबाइल गेम खेलेर समय बिताउँछन् । स्नेक गेममा भए जस्तै ट्विस्ट र टर्न नै यी खेलमा पनि प्रयोग हुन्छ र कन्ट्रोल चाहिं पुरानै जस्तो हुन्छ । 

कुनै समय लुडो निकै लोकप्रिय थियो । लुडोले धेरैलाई आफ्नो बाल्यकालको सम्झना दिलाउँछ । केही वर्ष पहिले स्मार्टफोन नआउँदासम्म सबै उमेर समूहका मानिसहरू परिवारका सदस्य वा साथीभाइहरूसँग यो गेम खेलिरहेका पाइन्थे । समयक्रममा यो गेम खेल्ने शैलीमा समेत परिवर्तन आएको छ । अब यो गेम मोबाइल, ट्याब्लेट वा कम्प्युटरमा एक्लै पनि खेल्न सकिने भएको छ । 

आज लुडो विश्वका विभिन्न देशमा लोकप्रिय छ । यसका ठूला प्रतियोगिता समेत हुन्छन् । गुगल प्ले स्टोर वा एप्पलको एप स्टोरमा लुडो नामका अनेकन एप्स उपलब्ध छन् । सर्वाधिक लोकप्रिय मानिएको लुडो किङ एप १० करोड भन्दा बढी पटक डाउनलोड भैसकेको छ । 

लुडोको लोकप्रियताकै कारण नेपाली एप डेभलपर जीवन श्रेष्ठले ‘लुडो निओ क्लासिक’ एप तयार पारे । हाल उक्त एप यति लोकप्रिय छ कि त्यसका १ करोडभन्दा बढी प्रयोगकर्ता छन् । बाघचाल अब स्मार्टफोनमा समेत खेल्न सकिने भएको छ । यसका लागि अनलाइन बाघचाल नामक एप्स समेत बनेको छ । खासगरी कतार, दुबई आदि मुलुकमा यसको प्रयोग बढिरहेको बताइन्छ । यसका निर्माता सेमिकोलन डेभलपर्सका संस्थापक भूपाल सापकोटा भन्छन्, ‘बाघचाल नेपाली खेलका रूपमा विदेशीहरूमाझ समेत प्रसिद्ध भैरहेको छ ।’ केही भारतीयले समेत बाघचाल एप्स विकास गरेका छन् तर रियल टाइममा रहेर विश्वको जुनसुकै भागमा भएका अर्का व्यक्तिसँग खेल्न मिल्ने सुविधा सापकोटाको एप्समा मात्र छ । 

धेरै मानिसहरू ताससँग सम्बन्धित गेम निकै रुचाउँछन् । त्यसैले यससँग सम्बन्धित एप्सको प्रयोग पनि बढ्दो छ । यही कुरालाई ध्यानमा राखी नेपाली एप डेभलपरहरूले पनि त्यस्तै एप्स तयार पारेका छन् । जीवन श्रेष्ठले नै ‘कल ब्रेक प्लस प्लस’ एप्स निर्माण गरेका छन् र यसका प्रयोगकर्ता १० लाखको हाराहारी छन् । निमेष जोशीद्वारा निर्मित ‘कल ब्रेक’ एपका प्रयोगकर्ताको संख्या करिब ५ लाख छ । टेस्लाटेक नामक कम्पनीले बनाएको ‘कल ब्रेक मल्टिप्लेयर’ एप एक करोड भन्दा बढी पटक डाउनलोड भएको छ । सपन अर्यालद्वारा निर्मित ‘म्यारिज कार्ड गेम’ एपका प्रयोगकर्ता पनि ५ लाख भन्दा बढी छन् । नेपालीहरूमा कल ब्रेक तथा म्यारिज जस्ता गेमको लोकप्रियता बढी छ । यस्ता धेरै गेम विशेष गरी युवा पुस्तामा लोकप्रिय छन् ।

 

पब्जी

पछिल्लो समय पब्जी नामक खेल सबैको आकर्षणमा परेको छ । यो खेल एक सय जना सम्मले एकै पटक खेल्न सक्छन् । साथीभाइका बीच ४ जनाको समूह बनाएर पनि यो गेम खेल्न सकिन्छ । यो एक प्रकारको सामरिक युद्ध जस्तै गरी खेलिन्छ । यसमा आफ्ना हतियार तथा गाडीहरू प्रयोग गरी विपक्षीलाई हराउने प्रयास गरिन्छ । 

वल्र्ड क्रिकेट 

च्याम्पियनसिप–२

क्रिकेट फ्यानहरूका लागि विशेष रूपमा डेभलप गरिएको गेम हो— वल्र्ड क्रिकेट च्याम्पियनसिप–२ । यसमा भएका डट बल र विकेटका साथ बलरको कन्फिडेन्स मिटरमा बढ्ने ग्राफ, प्लेयर एट्रिब्युट सिस्टम तथा शानदार एनिमेसनका कारण यो साँच्चिकै क्रिकेट फ्यानकै लागि बनाइएको जस्तो लाग्छ । 

यसमा डिसिजन रिभ्यु सिष्टम, नयाँ स्टेडियम तथा अन्य कन्ट्रोल जस्ता विकल्प समेत सामेल छन् । यसमा क्यामेरा एंगल, टुर्नामेन्ट र च्यालेन्ज पूरा गर्न साथीहरूसँग ग्रुप बनाएर खेल्न सकिने फिचर पनि उपलब्ध छ । 

क्लास अफ क्लान्स

यो एक प्रकारको शैन्य रणनीतिमा आधारित गेम हो । गेमले प्रयोगकर्तालाई गाउँ, रेल तथा फौज बनाउने अवसर दिन्छ । गेम खेल्दै जाँदा प्रयोगकर्ताले विभिन्न आइटम किन्नुपर्ने हुन्छ । कम्पनीले यहींबाट प्रशस्त पैसा समेत कमाइरहेको छ । 

गेम अफ वार–फायर एज

यसमा प्रयोगकर्ताले आफ्नो साम्राज्य खडा गर्न सक्छन् । हिरोलाई तालिम दिएर लड्न पठाउन सक्छन् । प्रयोगकर्तालाई आफ्नो साम्राज्य बलियो बनाउन सुन किन्ने बिकल्प दिइन्छ, जसका लागि उनीहरूले पैसा तिर्नुपर्ने हुन्छ । 

ड्रिम लिगसकर–२०१८

यो स्पोर्ट्स विधाको गेम हो । यसमा सशक्त फुटबल टिम बनाएर खेलिन्छ । यो गेमको ग्राफिक्स धेरै राम्रो छ र गेमरहरू बीच लोकप्रिय समेत छ । स्मार्टफोनमा फुटबलको आनन्द लिन चाहनेहरूका लागि ड्रिम लिगसकर–२०१८ एउटा उत्कृष्ट गेम हो । यो गेम प्रत्येक वर्ष अपग्रेड भैरहेको छ । 

ग्रान्ड थेफ्ट अटो 

भाइस सिटी

यो गेमको विकास रकस्टार गेमले गरेको हो । रकस्टार गेमले ग्रान्ड थेफ्ट अटोका विभिन्न भर्सन उपलब्ध गराएको छ । यस पटक कम्पनीले यसको १०औं वार्षिकोत्सव मनाइरहेको छ । यसै सन्दर्भमा भाइस सिटी नामक नयाँ गेम डेभलप गरिएको छ । भाइस सिटी एउटा नयाँ सहर हो । यो खेल्न सहज त छँदैछ, यसको ग्राफिक्स पनि धेरै राम्रो छ । अहिले सम्मकै सबैभन्दा राम्रो गेम भनेर लेबल गरिएको यो गेम अपराध, एक्सन तथा फाइट मन पराउने गेमरहरूका लागि उपयुक्त मानिन्छ ।

एसफाल्ट–९ लिजेन्ड्स 

गेमलोफ्ट नामक कम्पनीले निर्माण गरेको रेसिङ गेमको श्रृंखला एसफाल्ट हो । हाल यसको नयाँ संस्करणका रूपमा एसफाल्ट–९ लिजेन्ड्स आइपुगेको छ । यसमा वास्तविक हाइपर कार जस्तै गरी गेम कार चलाउन पाइन्छ । विश्वमै तीव्र गतिका लागि लोकप्रिय फेरारी, पोस्र्चे, ल्याम्बोर्गिनी आदि ब्रान्डका कारलाई तीव्र गतिमा कुदाएर यो गेम खेल्न सकिन्छ । 

डुडल आर्मी–२ : 

मिनी मिलिसिया

मिनी मिलिसियाका धेरै गेम युवाहरूबीच लोकप्रिय छन् । डुडल आर्मी चाहिं अनलाइन मल्टि प्लेयर कम्ब्याट गेम हो जसमा अनलाइन खेल्दा एकैपटक ६ जना खेल्न मिल्छ भने, लोकल वाइफाई नेटवर्कमा १२ जना सम्म खेल्न सकिन्छ । यो गेमको मुख्य रणनीति भनेको विभिन्न हतियारको प्रयोगले शत्रुलाई निस्तेज तुल्याउनु हो । 

पोकेमन गो

पोकेमन गो एन्ड्रोइड र आइओएस दुवैमा सबैभन्दा लोकप्रिय मोबाइल गेम बन्न पुग्यो । निआन्टिक तथा निन्टेन्डोबीचको सहकार्यबाट तयार भएको यो गेम लोकेशनमा आधारित गेम हो । प्रारम्भमा यो गेम केही सीमित देशमा मात्र उपलब्ध थियो भने हाल विश्वका प्राय: सबै देशमा खेल्न सकिन्छ । यो गेममा जीपीएसमार्फत भर्चुअल प्राणी पोकेमनलाई खोज्ने, पक्रिने, युद्ध गर्ने आदि काम हुन्छ ।

स्कोर हिरो

फुटबल प्रेमीहरूका बीच लोकप्रिय छ— स्कोर हिरो । यो गेममा बललाई निश्चित स्थानमा पुर्‍याउन विभिन्न उपाय अपनाउनु पर्ने हुन्छ । यसमा ६ सय लेभलसम्म पुगेर हिरो बन्न सकिन्छ । 

गरिना फ्री फायर

गुगल प्ले स्टोरमा भएको फ्री फायर सर्भाइभल सुटर गेम हो । १० मिनेटको यो गेममा खेलाडी कुनै एकान्त टापुमा हुन्छ र त्यहाँ अन्य ४९ जना खेलाडीसमेत हुन्छन् । खेलाडीले आफूलाई लामो समय सम्म सुरक्षित राख्ने उपाय खोज्नु पर्ने हुन्छ । गाडी, सुरुङ आदि प्रयोग गर्ने वा घाँसमा लुक्ने वा अन्य जुनसुकै उपाय अपनाएर भए पनि आफूलाई जसरी पनि सुरक्षित राख्नु नै यो गेमको लक्ष्य हुन्छ । 

यसबाहेक अन्य विभिन्न मोबाइल गेम पनि उत्तिकै लोकप्रिय छ । विशेष गरी फुटबल, क्रिकेट तथा यस्तै लोकप्रिय गेमका विभिन्न एप्स निर्माण भएका छन् । फिफा १९, ड्रिम्स लिग, रबरी बब, किङडम रस, जेटप्याक जोयराइड, फ्ल्यापी बर्ड, क्लास रोयल, तीनपत्ति गोल्ड आदि त्यसका केही उदाहरण हुन् । 

नेपालमा पनि स्मार्टफोनसँगै गेम एप्सको प्रयोग बढ्दो छ । एक्लै वा साथीभाइसँग अनलाइन वा अफलाइन खेल्न सकिने भएकाले मोबाइलमा खेलिने गेमको प्रयोग पनि बढ्दै गएको मान्न सकिन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik