• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
चर्चामा हाइब्रिड कार
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

एकराज सुवेदी

चर्चामा हाइब्रिड कार
असार ११, २०७६

आगामी आर्थिक वर्षको बजेटमा हाइब्रिड कारको आयातमा ५० प्रतिशत कर छुट प्रदान गरिने समाचार हालै सार्वजनिक भएको छ । यसका कारण नेपाली बजारमा अब हाइब्रिड कार तुलनात्मक रूपमा सस्तो हुने भएको छ । यससँगै हाइब्रिड कारको चर्चासमेत चुलिएको छ ।

के हो हाइब्रिड कार ?

विश्वभर बढ्दो प्रदूषणलाई नियन्त्रण गर्न कार निर्माता कम्पनीहरूले बिस्तारै इलेक्ट्रिक तथा हाइब्रिड कार निर्माण गर्न थालेका छन् । हाइब्रिड टेक्नोलोजीमा बनाइने कारले वातावरण प्रदूषणमा कमी ल्याउनुका साथै इन्धनमा हुने खर्चसमेत नियन्त्रण गर्छ ।

अटो विशेषज्ञहरूका अनुसार हाइब्रिड कारमा दुई प्रकारका इन्जिन हुन्छन् । यस्ता कारमा पेट्रोल वा डिजेल इन्जिन तथा इलेक्ट्रिक इन्जिन जडान गरिएको हुन्छ । कुनै पनि हाइब्रिड कारमा एउटा पेट्रोल इन्जिनका साथमा इलेक्ट्रिक इन्जिन वा डिजेल इन्जिनका साथमा इलेक्ट्रिक इन्जिन जडान गरिएको हुन्छ । यस्तो प्रविधिलाई हाइब्रिड भनिन्छ । यसमा दुईवटा इन्जिनमार्फत पावर सप्लाई गरिएको हुन्छ ।

साधारण कारभन्दा किन फरक ?

हाइब्रिड कार अन्य साधारण कारभन्दा अलग हुनुको कारण यसमा दुई इन्जिन जडान गरिनु नै हो । सामान्य कारमा एउटा मात्र इन्जिन जडान गरिएको हुन्छ । उक्त कार पूरै पेट्रोल वा डिजेल इन्जिनमा, पूरै ब्याट्रीमा र पेट्रोल वा डिजेल इन्जिनका साथमा ब्याट्री इन्जिनको मिश्रणबाट चलाइएको हुन्छ । हाइब्रिड कारमा जुन प्रविधि प्रयोग गरिएको हुन्छ, त्यस्तै प्रकारले यसको इन्जिनमा पावर सप्लाई गरिएको हुन्छ ।

सामान्य कारमा पेट्रोल वा डिजेल इन्जिन मात्र हुन्छ । हाइब्रिड कारमा डबल इन्जिन प्रविधि प्रयोग गरिन्छ । फ्युल इन्जिन र इलेक्ट्रिक मोटरको संयुक्त पावर भएकाले नै सो कारलाई हाइब्रिड बनाएको हुन्छ । यदि कुनै कारको इन्धन सकिए कारमा जडान गरिएको इलेक्ट्रिक मोटरको मदतले केही किलोमिटरसम्मको यात्रा तय गर्न सकिन्छ । यसका साथै हाइब्रिड कारले सामान्य कारको तुलनामा २० देखि ३० प्रतिशतसम्म इन्धन जोगाउँछ ।

हाइब्रिड कारका फाइदा

हाइब्रिड कार पर्यावरणका लागि निकै राम्रो छ । हाइब्रिड कारले कम प्रदूषण फैलाउँछन् भने यसमा सबै प्रकारको टेक्नोलोजी एवं फिचर समावेश गरिएको हुन्छ ।

१. हाइब्रिड कारमा इलेक्ट्रिक इन्जिन र फ्युल सेल इन्जिन दुवै हुने भएकाले यसले ६० माइल प्रतिघण्टासम्म स्टिडी एक्सिलेरेसन दिन्छ, साथै परम्परागत कारभन्दा ५ गुणा राम्रो इन्जिन इफिसियन्सी र माइलेज दिन्छ ।

२. दुईवटा इन्जिन भएकाले यो कारले सिटी एरियामा राम्रो एक्सिलरेसन दिन सक्छ ।

३. हाइब्रिड कारले ध्वनि प्रदूषण कम गर्छ । जसले वातावरण शान्त राख्छ भने न्वाइजी कार मन नपर्नेहरूका लागि पनि यो राम्रो पक्ष हुन सक्छ ।

४. इन्धन र इलेक्ट्रिक इन्जिनको राम्रो कम्बिनेसन हुने भएकाले परम्परागत कारको तुलनामा धेरै गुणा कम कार्बन उत्सर्जन गर्छ । यसले वातावरण संरक्षणमा ठूलो सहयोग पुग्छ । एक अध्ययनअनुसार टोयोटा प्रियस हाइब्रिड कारले परम्परागत कारको तुलनामा ८० प्रतिशतभन्दा कम उत्सर्जन गर्छ ।

५. हाइब्रिड कारको अर्को राम्रो पक्ष हो— रिजेनेरेटिभ ब्रेकिङ । सिटी स्पिड लिमिटमा ब्रेक लगाउँदा यो कारले विद्युत् उत्पादन गर्छ जसले एक्स्ट्रा एक्सिलेरेसन दिन्छ ।

६. हाइब्रिड कारहरू हल्का मेटेरियलको प्रयोगबाट निर्माण गरिने हुँदा यसको तौल कम हुन्छ, जसका कारण पावर कन्जम्सन पनि कम हुन्छ ।

७. सिटी स्पिड लिमिटमा यो कार इलेक्ट्रिक मोटरमा मात्र चल्ने भएकाले पेट्रोलियम इन्जिनमा भार पर्नेछैन । यसले गर्दा पेट्रोलियम इन्जिनको मेन्टिनेन्सको झन्झट कम हुन्छ ।

८. धेरैको सोचाइमा हाइब्रिड कारमा ब्याट्रीको लाइफ कम हुन्छ भन्ने हुन सक्छ, तर टोयोटाजस्ता कम्पनीका हाइब्रिड कारमा भने अत्यन्त राम्रो ब्याट्री लाइफ प्राप्त गर्न सकिन्छ ।

९) हाइब्रिड कारले वातावरण संरक्षणमा राम्रो भूमिका खेल्ने भएकाले सरकारले पनि हाइब्रिड कारलाई प्रोत्साहन गर्न लागेको कुरामा दुईमत छैन ।

१०. यसका साथै हाइब्रिड कारको रिसेल भ्यालु पनि राम्रो हुन्छ ।

हाइब्रिड कारका बेफाइदा

अहिले हाइब्रिड कारका लागि प्रयोग हुने ब्याट्रीको लाइफ धेरै छैन । हाइब्रिड कार सर्भिसिङ गर्न निकै कठिन हुन्छ । यो कारको सर्भिसिङ साधारण मेकानिक्सबाट गर्न सकिँदैन । यसका लागि कम्पनीको वर्कसपमै सर्भिसिङ गराउनुपर्छ । ब्याट्रीलाई डिस्पोज गर्ने वा रिसाइकल गर्ने प्रविधि नेपाल–भारतमा नभएका कारणले दीर्घकालिन रूपले वातावरणमा असर पुग्न सक्छ ।

१. हाइब्रिड कार अन्य परम्परागत कारको तुलनामा महँगो हुन्छ ।

२. हाइब्रिड कारले सिटी एरियामा राम्रो माइलेज दिने भए पनि हाइवेमा भने अपेक्षित माइलेज दिँदैन ।

३. दुईवटा इन्जिन हुने भएकाले मेन्टिनेन्स खर्च पनि वृद्धि हुन्छ ।

४. हाइब्रिड कार खासगरी माइलेजलाई ध्यानमा राखी निर्माण गरिने हुँदा परम्परागत कार जत्तिको पावर हुँदैन ।

इलेक्ट्रिक कि हाइब्रिड ?

भारतलगायत विभिन्न देशमा हाइब्रिड कारभन्दा इलेक्ट्रिक कारमा जोड दिइएको छ । भारतले सन् २०३० सम्म भारतमा चल्ने सबै गाडी इलेक्ट्रिक हुने बताएको छ । विभिन्न कम्पनीहरू इलेक्ट्रिक गाडी उत्पादनमा लागेका छन् । नेपालमा पनि यसका लागि केही तयारी भैरहेको छ । हाइब्रिड कारको कुनै भविष्य नभएकाले सबै कार निर्माता कम्पनीहरूले इलेक्ट्रिक कारमा जोड दिएका छन् । त्यसैले हाइब्रिड कारको भविष्यचाहिं इलेक्ट्रिकजस्तो उज्ज्वल छैन ।

नेपाली बजारमा बिक्रीका लागि हाइब्रिड कार उपलब्ध छैनन् । होन्डा अकोर्ड र टोयोटा प्रियस व्यक्तिगत रूपमा अटोमोबाइल व्यवसायीहरूले नै प्रयोग गरिरहेका छन् । यस्ता हाइब्रिड कार मूल्य बढी भएका कारण मध्यमवर्गीय परिवारको पहुँचबाट बाहिरै छन् । नेपाली बजारमा यस्ता कारको मूल्य करिब १ करोड रुपैयाँको हाराहारीमा पर्छ, तर अब कर घटेपछि भने करिब ८०–८५ लाखमै उपलब्ध हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik