साप्ताहिक संवाददाता
आश्विन २७, २०७६
चिनियाँ स्मार्टफोन निर्माता ओपोले रेनो फ्ल्यासिपको नयाँ मोडल बजारमा ल्याउने घोषणा गरेको छ । रेनो एसिइ मोबाइलमा चारवटा क्यामेरा हुने कम्पनीले जनाएको छ । ४८ मेगापिक्सेलको क्यामेरा हुने यो फोनको स्टोरेज १२८ जिबीसम्म हुने छ ।
यो फोनको सबैभन्दा आकर्षक फिचर्सका रुपमा ब्याट्री र चार्जिङ सिस्टम हुने कम्पनीको दाबी छ । ४००० एमएच क्षमताको ब्याट्री हुने यो फोनमा ६५ वाटको सुपर भोक सेटअप हुने छ । दुईवटा सेल भएको ब्याट्री हुने यो फोन ३० मिनेटमा ० प्रतिशत चार्ज भएको ब्याट्री १०० प्रतिशत हुने छ ।
पाँच मिनेट चार्ज गरेपछि २ घण्टा चलाउन मिल्ने कम्पनीको दाबी छ । चिनियाँ बजारमा यो फोनको सुरुवाति मूल्य ४२० अमेरिकी डलर हुने छ ।