साप्ताहिक संवाददाता
सुरक्षाको कारण देखाउँदै अमेरिकी सेनाले बढ्दो रूपमा लोकप्रिय टिकटक एपको प्रयोग कार्यालय प्रयोजनमा प्रयोग हुने मोबाइल फोनमा चलाउन रोक लगाएको छ । अमेरिकी सेनाकी प्रवक्ता प्रमुख सेनानी रोबिन ओचोआले अमेरिकी सञ्चारमाध्यमहरूलाई उक्त एपलाई ‘साइबर खतरा’का रूपमा हेरिएको बताएकी छिन् ।
विश्वभरि आधा अर्ब प्रयोगकर्ता रहेका उक्त एपले प्राय: जसो फरक किसिमका छोटा भिडिओ आफैँ सम्पादन गरेर सार्वजनिक गर्न सहयोग गर्छ । कुनै गीत वा हासाउने भिडिओमा १५ सेकेन्ड जति ओठ मिलाउादै अभिनय गर्न र त्यसलाई अरूले हेर्न मिल्ने गरी सार्वजनिक गर्न सकिने एप युवा प्रयोगकर्ताबीच निकै लोकप्रिय छ ।
एपका सबै खाता शुरूमा सबै प्रयोगकर्ताले हेर्न सक्ने खाले हुन्छन् । तर त्यसमा केही प्रतिबन्ध लगाउन सक्ने सुविधा भने प्रयोगकर्तासाग हुन्छ । सेना प्रवक्ता ओचोआले मिलिटरी डटकमलाई बताए अनुसार सैन्य अधिकारीहरूलाई सरकारी स्वामित्वमा रहेका मोबाइल फोनहरूमा डिसेम्बर महिनाको तेस्रो हप्ताबाट एप प्रयोग नगर्न सुझाइएको बीबीसीले जनाएको छ ।